Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हमाल, शिव वा अर्जुनमा कसको कमब्याक ?

फिल्मीखबर, काठमाडौं, 2016/01/03

आउँदो शुक्रबार रिलिज हुने फिल्म ’बागमती’ युनिटले अभिनेता राजेश हमालको कमब्याक भनेर प्रचार गरेपछि हमालले यसको घुमाउरो पाराले खण्डन गरे । म कहिँ कतै हराएको गएको छैन, फिल्म गरिराछु, कसरी कमब्याक मानुँ ?

 

सँगै उनले ’बागमती’ निर्मातालाई ढाक्नेगरी भने, ’उहाँहरुले प्रचारको नयाँ योजनासाथ मेरो कमब्याक भन्नुभएको छ, अरु फिल्म भन्दा यो फिल्म केहि फरक छ त्यही भएर होला ।’ तर अहिले पुराना पुस्ताका मानिने धेरै कलाकार फिल्ममा फर्किँदै गर्दा आखिर कमब्याक चाहीँ कसको मान्ने ?



शनिबार फिल्म ’लक्ष्य’को प्रेस भेटघाटमा नयाँ आवाज आयो, हमालहरुको कमब्याक कसरी मान्ने ? बरु १५ बर्षपछि ’लक्ष्य’ फिल्मबाट अभिनयमा आएका कलाकार अर्जुनजंग शाहीको चाहीँ कमब्याक हो । हुन पनि हो, पुराना यी अभिनेता बर्षौपछि अभिनयमा फर्केका छन् । हमाल बरु बर्षमा अक्कल झुक्कल आउने केहि फिल्ममा देखिएकै छन् ।

 

केहि बर्षको अन्तरालमा निखिल उप्रेती ’भैरव’बाट अभिनयमा फर्के, फिल्म हिट भयो । त्यस्तै भोजपुरी फिल्ममा व्यस्त बिराज भट्ट रोज राणाको ‘पर्शुराम’बाट पुनः नेपाली फिल्ममा फर्कने चर्चा छ ।  एक हिसाबले उनको पनि कमब्याक मान्न सकिएला ।



त्यस्तै रमेश उप्रेती बर्षौपछि ’ब्रासलेट’ मार्फत लिड रोलको अभिनयमा आउँदैछन् । गत बर्ष रिलिज ’आगो २’लाई सुशिल क्षेत्रीको कमब्याक जस्तै गरी प्रचार गरियो । फिल्म चलेन । अक्कलझुक्कल पर्दामा आईरहने क्षेत्री पहिला या अहिले यकाध फिल्म बाहेक दर्शकको आँखामा पर्न सकेका छैनन् ।

 

’बागमती’बाट पुराना अभिनेता शिव श्रेष्ठ धेरै बर्षपछि पर्दामा पुनरागमन गर्दैछन् । उनको पनि कमब्याक भनिएको छ । तर, शिवको कमब्याकलाई भन्दा ’हमाल/ शब्द जोड्दा दर्शकको ध्यान बढि आकृष्ट पार्न सकिने दाउमा यो फिल्म युनिट ’हमालको कमब्याक’ भनेर प्रचार गरिरहेको छ ।



पुराना कलाकारहरु एकपछि अर्को गरेर पर्दामा फर्किनु सुखद कुरा नै हो । पहिलेको क्रेज फर्किने नफर्किने आफ्नो ठाउँमा छ तर उनीहरुलाई सम्झेर फिल्म हेर्ने जमातपनि केहि होला । तर, ’कमब्याक’ शब्द हालेर प्रचार गर्ने अनि फ्लपको ट्याग भिर्ने अबस्था आयो भने चाहीँ यो शब्द हाँस्यास्पद बन्ने छ । त्यसैले नेपाली फिल्ममा आखिर कमब्याक कसको ? हमालको कि शिव श्रेष्ठ र अर्जुनजंग शाहीहरुको ?

Most Visited News (monthly)