Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कहाँ हरायो सुशिल क्षेत्रीको क्रेज ?

फिल्मीखबर, काठमाडौं, 2016/01/03

एक समय थियो, राजेश हमाल, निखिल उप्रेती, दिलिप रायमाझी यी तीन नामसँगै अर्का अभिनेता सुशिल क्षेत्रीको पनि नाम आउँथ्यो । धेरैले त उनलाई लामो रेसका घोडा समेत भन्थे । फिल्म चल्दै गर्दा यी नामहरुकै कारण केहि निर्माता निर्देशकले चुरीफूरी पनि राम्रै देखाउन पाउँथे । तर अहिले त्यो अबस्था छैन् । अक्कल झूक्कल उनका फिल्म आउँछन् तर दर्शकको साथ पाउँदैनन्, केहि दिनमै हलबाट उत्रिन्छन् ।

 

उनको गत बर्ष रिलिज फिल्म ‘आगो२’ बाट निर्माता निर्देशकदेखि दर्शकसम्मले राम्रो आशा गरे । दशक पहिले ’आगो’बाट उदाएका उनको त्यो फिल्मको सिक्वेलले पनि खासै अर्थ राखेन । निर्माता तथा निर्देशक मदन घिमिरेलाई असफल फिल्मले तनाब मात्र थप्यो । त्यसयता पनि उनका केहि फिल्म रिलिज भए तर कसैले पनि पानी भन्न सकेका छैनन् । गत शुक्रबार उनको नयाँ फिल्म ’बीच बाटो’ हलमा आएको छ ।

 

जानकारीमा आए अनुसार यो फिल्ममा पनि उनको क्रेज पाईएन् । बरु निर्माता आफैले ’बबाल चल्यो’ भन्दै मिडियामा समाचार लेखाउन थालेका छन् । हो, एक समय पर्दामा जमेका तथा दर्शकमा केहि छाप छाडेका सुशिलको उक्त योगदानलाई फिल्म उद्योगले बिर्सिन हुँदैन । तर एकपछि अर्को गर्दै फिल्म फ्लप हुँदै गर्दा उनको योगदान छायाँमा परेको छ । भेटेको स्टोरीमा फिल्म गर्न राजी हुनुले त कतै उनलाई यो अबस्था आएको होईन् ? पुराना स्टार दिलिप रायमाझीको हकमा पनि यस्तै कुरा लागु भयो ।

 

पछिल्लो पुस्ताले उनका फिल्मप्रति खासै चासो देखाएनन् । ’मिस यू ’देखि ’लोग्ने मान्छे’सम्म असफल रहे । अन्त्यमा उनी नै अमेरिका तिर हानिए । तर दिलिप उता लागेपनि सुशिल क्षेत्रीहरुलाई पनि नेपाली फिल्म उद्योगले गुमाउने अबस्था आउनु हुँदैन् । यसको बारेमा स्वयंम उनी नै सचेत हुनुपर्छ । राम्रो कथा र रोल हेरेर दमदार अभिनयमा आउँदै गर्दा उनले पुनः पर्दामा राज गर्न्दिन नआउला भन्न सकिन्न् ।

Most Visited News (monthly)