Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

करिश्मासँग शिल्पाको ढ्यान ट्यानान्...

फिल्मीखबर, काठमाडौं, 2016/01/03

अभिनेत्री शिल्पा पोख्रेललाई नेपाली फिल्ममा भित्राउने काम गरे, छविराज ओझाले । छविले एकपछि अर्को फिल्ममा शिल्पालाई नै लिइरहेका छन् । शिल्पाको नाममा छविले करोडौ रकम खर्च गरेका छन् । तर, शिल्पाका लागि भने यतिबेला छविको नाम भन्दा अभिनेत्री करिश्मा मानन्धरको नाम ठूलो हुन थालेको छ ।


शिल्पाले करिश्माको निर्माणमा तयार भएको फिल्म फागूमा काम गरेकी थिइन् । फागूमा काम गरेपछि करिश्मा र शिल्पा नजिक भएका हुन् । फागुन ७ गते चल्ने फिल्मका लागि अहिले शिल्पाले दिनरात नभनी प्रचार गरिरहेकी छिन् । जुन प्रचार शैली शिल्पाको छविको फिल्ममा खासै देखिएको थिएन ।


फिल्म यूनिटले शनिबार ककनीमा बनभोजको आयोजना ग¥यो । जसमा, शिल्पा र करिश्माले छमछमी नृत्य गरे । यी दुइको निकटता हेर्दा लाग्छ, यी दुइले पहिलो पटक एकसाथ काम गरेकै होइनन् ।शिल्पाले छविराज ओझाको ब्यानरमा काम गरेको तेश्रो फिल्म ‘किस्मत २’ पनि यसैबर्ष रिलिज हुने चर्चा छ । तर, हेरौ शिल्पाले यो फिल्मका लागि पनि उत्तिकै समय खर्चििन्छन् कि खर्चिन्नन् ।

Most Visited News (monthly)