Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सकियो ‘के म तिम्रो होइन र’

फिल्मीखबर, काठमाडौं, 2015/12/18

आकाश अधिकारी कृत फिल्म ‘के म तिम्रो होइन र’ को सम्पूर्ण छायाँकन सकिएको छ । द् स्काई मुभिज एण्ड अधिकारी ब्रदर्सको संयुक्त प्रस्तुती रहेको यो फिल्मको छायाँकन पैतालिस दिनमा सकिएको हो । भदौको अन्तिम साता देखि सुरु भएको फिल्मको छायाँकन पुषको पहिलो सातामा सकिएको निर्माता सुरेश अधिकारीले जानकारी दिए । देशमा उत्पन्न असहज परिस्थितिका बाबजुद पनि फिल्मको छायाँकन काठमाण्डु देखि  र रमणीय क्षेत्र मुस्ताङसम्म गरिएको छ ।


यम थापाको पटकथा तथा संवाद रहेको फिल्म ‘के म तिम्रो होइन र’ मा नयाँ प्रस्तुती आर्यन अधिकारी र मरिस्का मेरी पोखरेलले शिर्ष भूमिका निर्वाह गरेका छन् । आर्यन र मरिस्कासँगै मिथिला शर्मा, गौरी मल्ल, प्रज्वल गिरी, आकाशबाबु खवास, रमेश अधिकारी लगायत कलाकारहरुको मुख्य भूमिका रहेको छ । कथा स्वयम् निर्देशक अधिकारीको रहेको फिल्मलाई नवराजकृष्ण थापाले खिचेका छन् भने संगीत  बसन्त सापकोटा र ताराप्रकाश लिम्बुले सृजना गरेका छन् । कोरियोग्राफी बसन्त श्रेष्ठ र रेनशा वान्तवा राईको छ ।

त्यस्तै फिल्मका गीतहरुमा डा.कृष्णहरी बराल, सुन्दर श्रेष्ठ तथा आकाश अधिकारीले शब्द कोरेका छन् । हिमाल केसीको द्धन्द्ध निर्देशन रहेको फिल्मलाई  भूपेन्द्र अधिकारीले सम्पादन गर्दैछन् ।  पछिल्लो ऐतिहासिक सफल फिल्म ‘कोहिनूर’ का निर्देशक अधिकारीले ०७३ सालको प्रारम्भिक महिनामा ‘के म तिम्रो होइन र’ लाई दर्शक समक्ष ल्याउने तयारीका साथ पोष्ट प्रोडक्सनको कार्य भैरहेको बताए । फिल्म युवा पुस्ताको प्रेमसँग सम्बन्धित छ ।

Most Visited News (monthly)