Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

कलाकार संघमा थपिए चार नयाँ अनुहार

फिल्मीखबर, काठमाडौं, 2015/12/17

 गत शनिबार सम्पन्न चौधौं साधारणसभाबाट निर्वाचित चलचित्र कलाकार संघको नयाँ कार्य समितिले पूर्णता पाएको छ । बिहीबार संघको कार्यालयमा बसेको बैठकले बिधान अनुसार नियुक्त गर्न पाउने संरक्षक सहित एक उपाध्यक्ष तथा तीन सदस्य पदमा नयाँ सदस्य नियुक्त गर्दै समितिलाई पुर्णता दिएको हो ।

कलाकार संघको संरक्षक पदमा बरिष्ठ कलाकार निर शाहलाई नियुक्त गरिएको छ भने रोल क्रमका आधारमा बरिष्ठ उपाध्यक्ष पदमा कलाकार लक्ष्मी गिरीलाई नियुक्त गरिएको अध्यक्ष रामकेशर बोगटीले फिल्मीखबरलाई बताए । त्यस्तै तीन सदस्य पदमा क्रमशः सुनिल कटवाल, भानुप्रताप र पवित्रा आचार्यलाई नियुक्त गरिएको छ ।

त्यस्तै संघका पुर्व अध्यक्ष सबै सल्लाहकार रहने प्रावधान र यो सँगै अन्य दुई कलाकारलाई नियुक्त गर्न पाउने विधान अनुसार वरिष्ठ कलाकार अर्जुनजंग शाही र किरण केसीलाई संघको सल्लाहकार पदमा नियुक्त गरिएको छ । शनिबार सम्पन्न निर्वाचनबाट रामकेशर बोगटी भारी मतले अध्यक्षमा बिजयी भएका थिए ।

Most Visited News (monthly)