गुगल सर्चका आधारमा बर्ष २०१५ मा भारतमा सन्नि लियोन सर्वा्धिक खोजी गरिएकी व्यक्ति बनेकी छिन् । एक अनुसन्धानका अनुसार सन्निले बलिउड सुपरस्टार सलमान खान र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई उछिन्दै पहिलो स्थान कब्जा गरेकी हुन् ।
बिगतका बर्षमा पनि विश्वमा धेरै खोजिएकी स्टारको रुपमा कहलिएकी सन्निले भारतमा भने सलमानलाई उछिन्न सकेकी थिईनन् । तर गत बर्ष नै प्रधानमन्त्री बनेका मोदीको चर्चा धेरै हुँदा उनले सबैलाई उछिनेका थिए । क्यानेडियन पोर्न स्टार सन्नी ‘जिस्म २’ मार्फत् बलिउड प्रवेश गरेकी थिइन् ।
त्यसयता उनका ‘रागिनी एमएमएस २’ ’एक पहेली लिला’ र ’कुछ कुछ लोचा है’ जस्ता फिल्म रिलिज भईसकेका छन् । गुगल खोजीका आधारमा सलमान खान दोस्रो स्थानमा परेका छन् भने मोदी दशौं नम्बरमा पुगेका छन् । २०१६ को सुरुवातमा नै सन्निको ’मस्तिजादे’ नामको अर्को फिल्म रिलिज हुँदैछ ।

