Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आयो महको वेभसाइट

फिल्मीखबर, काठमाडौं, 2015/12/17

मह (मदकृष्ण श्रेष्ठ र हरिवंश आचार्य) लाई हेर्न र सुन्न अब न स्टेज पुग्नुपर्छ । न रेडियोको कान बटार्नु पर्छ । न त टेलिभिजनमा समय र बार नै कुर्नुपर्छ । दर्शकले अब आफ्नो अनुकुल समयमा महलाई सजिलै देख्न सक्छन् । काठमाण्डौँका चोक, डबली, रेडियो नेपालको स्टुडियो, प्रज्ञा भवन, राष्ट्रिय नाचघर हुँदै टेलिभिजनको पर्दामा देखिने र सुनिने महलाई अब इन्टरनेटमा सजिलै भेट्न सकिन्छ । किनकी महको डिजिटल पर्दा वेभसाइट   (www.mahajodi.com.np) खुलिसकेको छ ।

डिजिटल बजारमा महको प्रवेशले यस क्षेत्रलाई नयाँ दिशातर्फ डोहोर्याउन सक्ने सम्भावना देखाउँछ । कमै मात्र नेपाली कलाकारको सूचना, गतिविधि र सिर्जनाहरु डिजीटल बजारमा भेटिन्छ । महको बायोग्राफीसँगै सबै सिर्जनाहरु अब अनलाइनमार्फत आम नागरिकको पहुँचमा छ । कलाकार आफैँले वेभसाइट बनाएर व्यावसायीक रुपमा सुरुवात गरेको सम्भवत यो पहिलो पटक हो ।

उनीहरुले गरेको यो कार्यले सुस्ताउँदो रंग उद्योगलाई फस्टाउन सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।  कलाकार र दर्शकबीचको दुरीलाई पनि घटाउन मद्धत गर्छ । किनकी संसारभरी छरिएर रहेका नेपालीहरुको पहुँचमा मह जोडी अब सजीलै पुग्न सक्ने भएका छन् । जुन नेपाली कला क्षेत्रमा एउटा आवश्यकता पनि थियो ।

पहिले पहिले क्यासेट, सिडी बिक्रि हुन्थ्यो । अहिले त्यो क्रम शून्य छ । त्यसैले युट्युब च्यानल, अनलाइनलाई एउटा आम्दानीको श्रोत मान्न थालिएको छ । यस हिसाबले मह पनि नयाँ प्रविधिमा गएका हुन् । महका सिर्जनाहरु युट्युबमा टुक्रा टुक्रा गरी हेर्नु पथ्र्यो । अब वेभसाइटमार्फत महका पुरै टेलिफिल्म, नाटक, प्रहसन हेर्न सकिन्छ ।

यो सँगै मदनकृष्ण हरिवंशका बारेमा अध्ययन गर्न चाहानेहरुका लागि ले सहयोग पुर्याउने भएको छ । महजोडीको वेभसाइटमा उनीहरुले उत्पादन गरेका सामग्रीको संक्षिप्त विवरण पनि उल्लेख गरिएको छ । यस हिसाबले महको बारेमा अध्ययन गर्न चाहानेका लागि वेभसाइट गतिलो दस्तावेज बन्न सक्छ ।

Most Visited News (monthly)