Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

अभिनेत्रीसँग निर्देशक निश्चल बस्नेतको ईन्गेज्मेन्ट

फिल्मीखबर, काठमाडौं, 2015/12/14
निर्देशक निश्चल बस्नेत बैबाहिक बन्धनमा बाँधिने भएका छन् । केहि समयदेखि प्रेम चर्चामा रहेको निश्चल र मोडल तथा अभिनेत्री स्वस्तिमा खड्काको जोडीले सोमबार ईन्गेज्मेन्ट गरेका छन् । 
 
 
 
केहि महिना पहिले नै बिबाहको चर्चा चलेपनि यो जोडीले सोमबार बिबाहको प्रक्रिया सुरु गरेको हो । बिबाहको दिन भने सार्वजनिक भएको छैन ।
 
केहि महिना पहिले निश्चलले स्वस्तिमासँग बिबाहको कुनै सोच नभएको बताएका थिए । मिडियाले गरेको प्रश्नमा बिहे कोसँग हुन्छ भन्ने तय नभईसकेको भन्दै स्वस्तिमा नै आफ्नो जीवनमा आउँछिन् भन्ने नरहेको जिकिर समेत गरेका थिए । तर, अन्ततः उनले स्वस्तिमासँगै जीवन बिताउने मनस्थितीमा पुगेका छन् ।
 
पछिल्लो समय म्युजिक भिडियोमा राम्रो स्थान लिएकी स्वस्तिमाले 'होस्टेल रिटर्न्स'मा अभिनय गरेकी थिईन् । यता 'लुट' फिल्मबाट निर्देशन यात्रा सुरु गरेका निश्चलले 'टलकजंग भर्सेज टुल्के' पनि निर्देशन गरेका छन् भने 'कबड्डी' फिल्ममा अभिनय पनि गरेका छन् । युवापुस्तामा नाम चलेका निर्देशकमा गनिएका निश्चल समय समयमा कन्ट्रोभर्सीमा पनि परिरहन्छन् । 
Most Visited News (monthly)