दुई हप्ता पहिले नेपाल रिलिज भएर हिट लिस्टमा परेको फिल्म 'कबड्डी कबड्डी' अष्ट्रेलियामा पनि हिट हुँदैछ । ईपी माईग्रेसन अष्ट्रेलिया तथा खिलेन्द्र तिमल्सिनाको आयोजनामा प्रदर्शन हुँदै गरेको यो फिल्मको ८ शो 'सोल्डआउट' भएको छ ।
आउँदो २७ डिसेम्बरमा सिड्नीको जर्ज स्ट्रिटको ईभेन्ट सिनेमाजमा प्रदर्शन हुन लागेको छ । फिल्म हेर्नका लागि २ हजार टिकट बिक्री भईसकेको दाबी आयोजकको छ । सिड्नीको हर्षभिल इभेन्ट सिनेमा, ब्रुउड इभेन्ट सिनेमामा पनि यो फिल्म लाग्ने छ । यसअघि सबैभन्दा बढी टिकटको रेकर्ड 'छ एकान छ'को १२ सय र 'लूट'को ९०० सय रहेको थियो ।
पछिल्लो समय चलेको 'वडा नम्बर छ' फिल्मको हेर्न दर्शक ठिकै आएपनि लगानी उठाउन हम्मेहम्मे परेको आयोजक मध्यका एक खिलेन्द्रले जानकारी दिए । उनले भने- 'नेपालमा हिट भएका फिल्म मात्र यहाँँ चल्छ ।' तरपनि निर्माताको डिमाण्ड धेरै हुने भएकाले चल्ने फिल्म पनि ओभरसिज खरिद गर्न गार्हो हुने गरेको उनको भनाइ छ ।

