हेट स्टोरी ३ले रिलिजको हप्ता नबित्दै लगानी उठाईसकेको छ । फिल्मले सौ प्रतिशत नाफा कमाएर दिने कन्फर्म जस्तो भईसकेको छ । तर यसका दुई अभिनेत्री मध्ये एक अभिनेत्री भने यसको सफलताबाट पनि सायद खुशी छैनन् । त्यही भएर होला उनले हेट स्टोरी ३ अरु फिल्मबाट अफर नआएको कारण गरेको खुलासा गरेकी छिन् । अभिनेत्री डेजी शाहले हालै यस्तो खुलासा गरेकी हुन् ।
डेजीले सुपरस्टार सलमान खानको अपोजिट फिल्म खेल्दै करिअरको सुरुवात गरेकी थिइन् । जय हो शीर्षकको सो फिल्मले सय करोड त कमाएको थियो तर फिल्मले कसैको पनि मन जितेको थिएन । डेजीले सलमानको अपोजिट रहेर डेब्यु गर्दागर्दै पनि अरु फिल्मबाट अफर नआएपछि बाध्य भएर इरोटिक थ्रिलर हेट स्टोरी ३ गर्नुपरेको बताइन् ।
तर फिल्म ठिक ठिकै रहेपनि डेजीको कामलाई भने धेरैले मनपराएका छन् ।

