Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

जसले भोट त पाएनन् तर ताली पाए....

फिल्मीखबर, काठमाडौं, 2015/12/13

शनिबार चलचित्र कलाकार संघको चुनाब भयो । अध्यक्षमा पुर्व महासचिव रामकेशर बोगटी भारी मतले बिजयी हुँदैगर्दा अन्य दुई प्रत्यासी पछि परे । लय संग्रौला प्रतिस्पर्धी बन्दै गर्दा मत परिणामको क्रममा भने अर्का उमेद्वार बिशाल बिष्ट उनको छेउछाउमा नै आएनन् । बोगटीले २ सय ३८ मत ल्याउँदा बिष्टको पक्षमा जम्माजम्मी १० मत पर्यो ।


तर यो सबै हुनु अघीको माहोल अर्कै थियो । जतिबेला चुनाबी कार्यक्रमको लागी मतदान प्रक्रिया हुँदैथियो, त्यो पहिले निर्वाचन मण्डलले तीनजना उमेदवारलाई मञ्चमा राखेर आफ्नो एजेण्डा प्रस्तुत गर्ने मौका दियो, त्यो बेला तीनै जनाले एजेण्डा प्रस्तुत गर्नभन्दा पनि एकअर्कालाई दोषारोपण गरे । सुरुमा लय संग्रौला बोले, उनको भाषणभर कसैले ताली ठोकेनन् । जब दोश्रो नम्बरमा बिष्ट आए, उनको सम्बोधनसँगै चर्काचर्की भाषण सुरु भयो, हरेकजसो वाक्यमा उनले उपस्थित मतदाताहरुबाट गडगडाहट ताली पाए ।

संघको नेतृत्वमा आउन खोज्ने हरेकले आश्वासन मात्रै दिँदै आएको, राजनीतिक गन्ध छरेर कलाकारिता क्षेत्रलाई नै धमिलो बनाएको जस्ता कुराहरु उठाउँदै गरदा बिष्टको पक्षमा ताली आईरह्यो, तर बिडम्वना उनले चुनाबी परिणाम आउँदै गर्दा ४ सय ९ मतदाताबाट १० मत मात्रै पाए ।

जे थियो, बिष्टले गरेको भाषण चलचित्र उद्योग र कलाकार संघको पक्षमा थियो । भोलीको दिनमा पनि नेतृत्वमा नआएपनि उनको यो प्रकारको कसरत जारी हुनुपर्छ । गलत गर्नेहरुलाई खबरदारी गर्ने कोही हुँदैगर्दा मात्र हरेकजसो संस्थाको काम कारबाही राम्रो हुनसक्छ ।

Most Visited News (monthly)