चलचित्र निर्माता संघको अध्यक्ष पदमा दुई कार्यकाल रहँदै गर्दा निर्माता राजकुमार राई चलचित्र उद्योगको सर्बोच्च संस्था चलचित्र विकास वोर्डको अध्यक्ष पदमा पुगे । लामो समयको राजनीतिक लबिङ अनि चलचित्र उद्योगको अनुभवले उनलाई उक्त पद मिल्यो । अहिले चलचित्र उद्योगसँग जोडिएका प्रायःले उनलाई अभिभावक नै सम्झिन्छन् । त्यसो त पछिल्लो समय उद्योगमै उनको बढ्दो प्रभावले पनि राईलाई केहि विशिष्ट बनाईदिएको छ ।
गत महिना सम्पन्न चलचित्र प्राविधिक संघको नेतृत्वको लागि दुई प्रतिस्पर्धीबीच भिडन्त हुँदा राईले पुष्कर लामालाई समर्थन गरेका थिए । अन्त्यमा उनैले जिते पनि । शनिबार कलाकारहरुको छाता संस्था चलचित्र कलाकार संघको निर्वाचन भयो, त्यहाँ पनि कांग्रेस निकट मानिने राईले कांग्रेसकै उमेदवार बनेका रामेशर बोगटीको पक्षमा लबिङ गरे । यहाँ पनि उस्तै परिणाम देखियो । बोगटीले भारी मतले जिते । यसले राजकुमार राईको उद्योगमा बढ्दो प्रभाव देखाउँछ ।
त्यसो त विकास वोर्डमा जाँदै गर्दा निर्माता संघबाट राजिनामा दिने कुरा गर्दै उनले चुनाब गराउँछु सम्म बोले तर अहिलेसम्म यसको कुनै चानुमानु छैन् । बरु उनकै पक्षमा निर्माता संघको उपाध्यक्षमा निर्विरोध बनेका रोज राणाले कार्यबाहक नपाएपछि उनको बिपक्षमा कुरा सम्म गर्दै हिँडेका छन् । तर टाढिनेलाई नजिक बनाउन खप्पिस राईले फेरी नयाँ कार्ड फालेर सबैलाई मिलाउन सक्नेमा शंका छैन् ।
अर्को तर्फ प्राविधिक संघको चुनाबमा जातिय लबिङ गरेको भन्दै राईको आलोचना गर्नेहरु पनि धेरै देखिएका थिए, तर कसैकोे केहि नलागेपछि उनकै उमेदवार जस्तै बनेका पुष्कर लामा बिजयी भएका थिए । जे होस्, जसो होस, समग्र चलचित्र उद्योगको पक्षमा हुने कामको लागी लबिङ हुनु र कुनै संस्थाको नेतृत्वमा राम्रो उमेदवारलाई समर्थन सहित जिताउनु राम्रो हो, तर उनकै आडमा कसैले गलत काम चैं नगरोस् ।

