Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

यसकारण आर्यन र नम्रतालाई विशेष छ ‘क्लासिक’

फिल्मीखबर, काठमाडौं, 2015/12/13

अभिनेता आर्यन सिग्देल र अभिनेत्री नम्रता श्रेष्ठ फिल्म ‘क्लासिक’को हिस्सा बन्न  पाएकोमा मख्ख छन् । फिल्मको छायांकन सकिएको अवसरमा आयोजित एक कार्यक्रममा यो जोडी एक अर्काको कामको तारिफ गर्नमा व्यस्त देखियो । आर्यनको कामप्रतिको लगाव र सधै सिक्न चाहने बानीबाट प्रभावित नम्रताको प्रशंसाको साटो  आर्यनले पनि उनको कामको तारिफ गर्दै फुर्काए ।


क्लासिक आफ्ना लागि विशेष फिल्म भएको आर्यनको भनाई थियो । उनले यो फिल्मको कथावस्तु लामो समयसम्म दर्शकले संझिरहने भएकाले पनि क्लासिक नाम राखिएको प्रष्ट पारे । उनले क्लासिकमा आफू र नम्रता दृष्टिबिहिनको भूमिकामा देखिने जानकारी गराउँदै भूमिका च्यालेन्जिङ रहेको सुनाए ।दिनेश राउतले निर्देशन गरेको यो फिल्मलाई आर्यनले निर्माता सुवास गिरीसँग मिलेर बनाएका हुन् । फिल्ममा आर्यन र नम्रताका अलवा रोमी घिमिरे, सुशिल काफ्ले, प्रज्वल गिरी लगायतका कलाकारको मुख्य भूमिका छ ।

दृष्टिबिहिनहरुको प्रेम कथामा आधारित यो फिल्म नोभेम्बर रेन भन्दा पनि उत्कृष्ट बनाउन खोजेको निर्देशक राउतको भनाई थियो । करिब ५० दिनमा फिल्मको छायांकन सकिएको छ । निर्माता गिरीले हलसम्म आइपुग्दा फिल्मले १ करोड खर्च छुने बताए । उनले १ करोड लगानी भएपनि फिल्मको मेकिङबाट आफू हर्षित भएको बताए  । गिरीले भने–‘हाम्रो टिम सधै उत्कृष्ट फिल्म पस्कन चाहन्छ । हामीले क्लासिकलाई त्यसरी नै प्रस्तुत गरेका छौ ।’


अभिनेता आर्यन सिग्देलले क्लासिक जुन बिषयमा बनेको छ, त्यसलाई लामो समयसम्म पनि दर्शकले याद गर्ने भन्दै यस्तो प्रेमकथामा काम गर्ने चाहना हरेक कलाकारमा हुने बताएका थिए । अभिनेत्री नम्रता श्रेष्ठले फिल्मको कथावस्तुसँगै यसको टिम पनि आफ्ना लागि विशेष भएकाले क्लासिक करिअरकै महत्वपूर्ण फिल्म भएको बताइन् । दुबैले फिल्ममा समावेश सुनौला बोलको गीत गाएर पनि सुनाएका थिए ।


माघ २९ गतेबाट प्रदर्शनमा आउने यो फिल्ममा राजेश श्रेष्ठको छायांकन, ताराप्रकाश लिम्बुको संगीत, रेनशा राइको कोरियोग्राफी, छेतन गुरुङको पटकथा छ । प्रेम दिवसको समयमा दर्शक क्लासिकको प्रेम कथामा बग्न सक्ने आर्यन र नम्रताको विश्वास छ ।

Most Visited News (monthly)