फ्राईडे रिलिज अन्तर्गत यो हप्ता नेपाली फिल्म 'चकलेट' पर्दामा आएको छ । अभिनेत्री पूजना प्रधानको लगानी तथा अभिनय रहेको यो फिल्म देशव्यापी रुपमा दुई दर्जन बढि पर्दा मार्फत एकसाथ दर्शकमाझ आएको हो ।

फिल्मलाई हाँस्य कलाकार निर्मल शर्मा 'गैँडा'ले निर्देशन गरेका छन् । 'चकलेट'मा पूजनासँगै आयुष्मान घिमिरे, अनुज शाक्य, सुनिता ठाकुर, नम्रता झा, केशव भट्टराई, सुमन गैरेलगायतको अभिनय छ । यो फिल्मले सडक बालबालिकाहरुको कथा बोल्नेछ ।
योसँगै हट र कामुक दृश्य समावेश ट्रेलरका कारण सनसनी मच्चाएको बलिउड फिल्म 'हेट स्टोरी ३' पनि दर्शकमाझ आएको छ । भल्गर दृश्यका कारण सेन्सरमा केहि झमेला बेहोरेको यो फिल्म अन्ततः दर्शमाझ आयो । नेपाल तथा भारतमा सेन्सरबाट 'एडल्ट' सर्टिफिकेट पाएको यो फिल्ममा जरिन खान र डेजी शाहले निकै कामुक दृश्य दिएका छन् ।

