Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

अनमोल र श्रृष्टीको `गाजलु` फ्लोरमै महँगोमा बिक्री

फिल्मीखबर, काठमाडौं, 2015/12/04
युवा स्टार अनमोल केसी र पूर्व मिस नेपाल श्रृष्टी श्रेष्ठ स्टारर फिल्म 'गाजलु' सुटिङ सेटबाटै महँगो रकममा बिक्री भएको छ । केहि दिन पहिले फ्लोरमा गएको यो फिल्मलाई बितरण संस्था एफडी कम्पनिले महंगो 'एमजी'मा आफ्नो कब्जामा लिएको हो । 
 
 
 
निर्माता रोहित अधिकारीले ४५ लाख बढी रकममा फिल्म 'एमजी'मा एफडीलाई बिक्री गरेको दाबी गरे । लगातार दुई हिट फिल्म दिएका राम्रो फ्यान क्रेज भएका युवा स्टार अनमोलको यो फिल्मप्रति आँखा लगाउने धेरै बितरण कम्पनि भएपनि अन्ततः एफडीसँग 'एमजी'मा साझेदारी भएको निर्माता अधिकारीले फिल्मीखबरलाई बताए । 
 
शुक्रबार निर्माण टिम र एफडी कम्पनीको तर्फबाट अध्यक्ष नरेन्द्र महर्जनले साझेदारी पत्रमा हस्ताक्षर गरेका थिए । यो फिल्मलाई हिट निर्देशक हेमराज बिसीले एक्शन कट गरिरहेका छन् । राम्रा कलाकार र राम्रो निर्देशक रहेको फिल्ममा धेरै संभावना देखेर मोटो रकम खर्चेको वितरक महर्जनले बताए । 
 
लभस्टोरी बेसको यो फिल्ममा अनमोल र श्रृष्टीसँगै गौरी मल्ल, विश्व बस्नेत, कृष्ण मल्ल, सलोन बस्नेत, गौरव पहारी, मेनका प्रधान लगायतको अभिनय रहनेछ । फिल्मलाई अर्को बर्ष बैशाखमा रिलिज गरिने तयारी स्वरुप निर्माण टिम फ्लोरमा गएको हो ।
Most Visited News (monthly)