Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

रहेनन् छायाँकार ढकाल | शुक्रबार फिल्म सुटिङ रोकिने

फिल्मीखबर, काठमाडौं, 2015/12/03
पूराना छायाँकार दिपक ढकालले यो संसारबाट बिश्राम लिएका छन् । हृदयघातका कारण विगत केहि दिनदेखि भक्तपुरको मध्यपुर ठिमी अस्पतालमा उपचारको क्रममा रहेका ७० बर्षिय ढकालको बिहिबार निधन भएको हो । 
 
 
ढकालको बिहिबार साँझ नै पशुपति आर्यघाटमा अन्तिम दाह संस्कार गरिएको छ । 'सिन्दुर' फिल्मबाट छायांकन यात्रा सुरु गरेका ढकालले दुई दर्जनजति फिल्म खिचेका छन् । उनी फिल्मी कलेज ओस्कार कलेजका प्राध्यापक समेत थिए ।
 
यसैबीच ढकालको निधनको शोकमा शुक्रबार सबै फिल्मको छायांकन रोकिने भएको छ । चलचित्र प्राबिधिक संघका सदस्य समेत रहेका ढकालको निधन पश्चात प्राबिधिक संघसंगै नेपाली फिल्म उद्योगले एक महत्वपूर्ण हस्तीलाई गुमाएको भन्दै यसको शोक तथा ढकालको सम्मानमा शुक्रबार फिल्म सम्बन्धी सबै काम बन्द हुने प्राबिधिक संघका अध्यक्ष पुष्कर लामाले फिल्मीखबरलाई बताए ।
Most Visited News (monthly)