Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कहाँ हरायो आर्यनको `आवेग` ?

फिल्मीखबर, काठमाडौं, 2015/12/03
चकलेटी हिरो आर्यन सिग्देल गत बर्ष एक्शन अबतारमा देखिए फिल्म 'नाईके'मार्फत । फिल्मले राम्रोसँग बिजनेश गर्न सकेन् । त्यससँगै उनको एक्शन समेटिएको अर्को फिल्म आयो 'अलविदा' । यो पनि राम्रो बिजनेश नगरी बिदा भयो । 
 
गतबर्ष नै एक्शनमा आर्यनलाई जम्नको लागी केहि आशातित मानिएको अर्को फिल्म 'आवेग' रिलिजको गाईंगुईं चल्यो तर फिल्म अहिलेसम्म रिलिज हुन सकेको छैन । गतबर्ष फागुन ८ मा यो फिल्म रिलिजको कुरो बाहिर आएको थियो, त्यशपश्चात सोही मितिमा आर्यनकै अर्को फिल्म जुध्ने भएपछि निर्माता निर्देशकले रिलिज पोष्टपोण्ड गरे । 
 
निर्माण सम्पन्न भएको बर्षदिन बढि भईसक्दा पनि अहिलेसम्म 'आवेग' रिलिजको कुनै छाँटकाँट छैन । बरु निर्देशक बसन्त निरौला यो फिल्म रिलिज अगाबै अर्को प्रोजेक्ट 'होलिडे'को लागि जुटेका छन् । 
 
निर्माता सुर्य कार्की गुमनाम छन् । मिडियामा पनि खासै नआएका तथा फिल्म उद्योगसँग त्यती बढी परिचित नभएका यी निर्माता कहाँ के गर्दैछन्, पत्तो छैन । आर्थिक अभावका कारण फिल्म रिलिज हुन नसकेको खबर बाहिरिएको छ । 
 
निर्माण सम्पन्न भएर रिलिज हुन नसकेको फिल्मको सुचीमा 'आवेग'मात्र नहोला । तर, आर्यन सिग्देलको एक्शन अबतारलाई दर्शकले पत्याउने बनाउन सक्ने केहि आशा बोकेको भनिएको फिल्म नै पर्दामा ल्याउन नसकेपछि निर्माण टिममाथी जोक नै बन्न थालेका छन् । 
 
कलाकारको काम फिल्ममा सकेसम्मको राम्रो प्रस्तुती दिने हो । तर, कलाकारको भूमिका भनेको आफ्नो फिल्म रिलिज गर्न पहल गर्नु पनि हो । आर्यनले यस बारे चासो खासै दिएको पाईएको छैन । फिल्म रिलिज गर्ने निर्माताको काम हो, त्यसैले पनि आफ्नो अभिनय समेटिएको फिल्म किन प्रदर्शन भएन भनेर आर्यन लगायतका कलाकारहरुले पनि खासै चासो नदिएका हुनसक्छन् । 
 
फिल्ममा आर्यनसँगै ध्रुब दत्त, पवित्रा आचार्य र अर्चना देलाला लिड रोलमा छन् । फिल्म रिलिजको टुंगो नभएपछि यो बीचमा अन्य प्रोजेक्टमा नदेखिएका यी दुई सुन्दरीहरुलाई भने मनमा चस्को पक्का पसेको हुनपर्छ । 
Most Visited News (monthly)