अभिनेत्री गरिमा पन्तको चहलपहल अहिले फिल्म क्षेत्रमा सुनसान देखिएको छ । फिल्म 'झोला' चल्दा गरिमा खुबै चर्चित भएकी थिइन् । यसपछि गरिमा ओझेल परिन् ।
यूरोपमा बस्दै आएका एक युवकसँगको प्रेमका कारण पनि गरिमाको चर्चा केही समय तातेको थियो । सार्वजनिक कार्यक्रममा कम देखिने र सामाजिक संजालमा पनि खासै सक्रिय नहुने भएकाले पनि गरिमा पन्तको चर्चा सुनसान भएको हुनसक्छ ।
नेपाली फिल्ममा विशेषगरि गरिमा सालिन अभिनेत्रीको रुपमा चिनिन्छिन् । उनले फिल्मको पर्दामा पनि आफूलाई हट अवतारमा प्रस्तुत गरिनन् । मिडियामा पनि कम विवादमा आउन रुचाउने भएकाले पनि गरिमा फिल्म चल्न भन्दा बाहेक अन्य समयमा चर्चा बिहिन देखिन्छिन् ।
फिल्म रिलिज नहुने हो भने कलाकारको अस्तित्व नै हराएर गएको पाइन्छ । अहिले अभिनेत्री पन्तको हकमा पनि यस्तै कुरा लागू भएको छ । यसैले झोला चल्दा नम्बर १ पोजिसनमा नै देखिएकी गरिमा अहिले हराएकी छिन् ।

