Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

रजनिकान्तको फिल्मको बजेट साढे ४ अर्ब !

एजेन्सी, मुम्बई, 2015/12/03
साउथ सुपरस्टार रजनिकान्तका जति फिल्म आउँछन् प्रायः सबै बक्सअफिसमा हिट हुन्छन् । रजनीकान्तको नामले नै फिल्म चल्छन्, त्यसैले पनि निर्माता निर्देशक उनलाई आफ्नो फिल्ममा लिन मरिमेटेर लाग्छन् ।
 
यही क्रममा २०१० मा प्रदर्शनमा आएको फिल्म 'रोबोट'को सिक्वेल बन्ने कुरा बाहिरिएको छ । जसको निर्माण बजेट सुन्दा धेरैले जिब्रो टोक्न सक्छन् । सुपरस्टार रजनिकान्त लिड रोलमा हुने फिल्म 'रोबोट २'को अनुमानित बजेट भारतिय रुपैयाँमा ३ सय करोड भनिएको छ । जुन रकम नेपाली रुपैंयामा हिसाब गर्दा करिब साढे ४ अर्ब बढी हुन आउँछ ।
 
लोकप्रिय निर्देशक शंकरको यो फिल्ममा हलिउड एक्शन हिरो अर्नोल्डको पनि अभिनय हुने चर्चा चलेको छ । आधिकारिक तथ्य बाहिर नआए पनि यो फिल्मको बजेट भारतिय रकममा २ सय ५० देखि ३ सय करोडको आसपासमा हुने बताईएको छ । 
 
२०१६ मा सुटिङ हुने यो फिल्म भारतमा निर्माण भएका अहिलेसम्मका सबै फिल्मभन्दा महँगो हुने निश्चित छ । फिल्ममा एमी ज्याक्शन रजनिकान्तको अपोजिटमा हुने बताईएको छ । 
 
Most Visited News (monthly)