Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सलमानसँग टक्कर लिँदा यशराज ब्यानरबाट ऋतिक आउट

एजेन्सी, मुम्बई, 2015/12/03
यशराज ब्यानरबाट २०१६ मा बन्ने नयाँ फिल्मको लागि ऋतिक रोशनको नाम चर्चामा थियो । अब भने उनी सो ब्यानरको फिल्ममा नदेखिने पक्कापक्की जस्तै भएको छ । 
 
ऋतिकलाई यशराज ब्यानरले ५० करोड सम्म पारिश्रमिक दिन तयार हियो । तर, ऋतिकले सलमानले सोही ब्यानरको रेस्लिङ फिल्मको लागि पाउने भनिएको ७५ करोड बराबर नै पारिश्रमिक पाउनुपर्ने सर्त राखेपछि किक आउट भएको भारतिय मिडियाले लेखेका छन् । 
 
यशराज ब्यानरले सलमानलाई ७५ करोड दिने फाईनल भईसकेको छ । यो कुरा थाहा भएपश्चात ऋतिकले सलमानको बराबर नै पारिश्रमिक मागेपछि आदित्य चोपडा र ऋतिकबीच विवाद भएको र अन्ततः उनी यशराज ब्यानरमा नदेखिने निश्चित भएको हो । 
 
ऋतिकले सलमानले ५० करोडमा खेल्छन् भने आफु पनि खेल्न तयार भएको तर सलानले ७५ करोड पाउने भएपछि त्योभन्दा कममा नखेल्ने बताएका थिए ।  
 
आदित्यले हरेक फिल्मको बजेट तथा बिजनेश फरक हुने भन्दै सलमानलाई दिन तयार भएको पारिश्रमिक अर्को कलाकारलाई कसरी दिन सकिन्छ भन्दै मिडियामा नै प्रति प्रश्न गरेका छन् । साथै उनले आमिर खानदेखि सलमान तथा ऋतिक सबैको फरक स्टारड रहेको भन्दै एकै प्रकारको पारिश्रमिक दिन नसक्ने समेत बताएका छन् ।
Most Visited News (monthly)