Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पूजनालाई `चकलेट` नचलाउन धम्की !

फिल्मीखबर, काठमाडौं, 2015/12/02
अभिनेत्री पूजना प्रधानलाई पपकर्न पिक्चर्सका तर्फबाट निर्माता अर्जुन कुमारले फोन गरेर 'चकलेट'को डेट सार्न घुमाउरो शैलीमा धम्की दिएका छन् । अभिनेत्रीले यो कुराको जानकारी गराउँदै फिल्म चल्नुभन्दा २ दिन अगाडि फोन गरेर मिति सार्न भन्नु कतिसम्मको हेपाहापन हो भनेकी छिन् ।
 
पूजनाले आफूले बालबालिकाको पालन पोषणका लागि फिल्म बनाएको भन्दै मिति नसार्ने बताएकी छिन् । काठमाण्डौका मल्टिप्लेक्स सहित विभिन्न २१ वटा हलमा फिल्म 'चकलेट' मंसिर १८ गतेबाट प्रदर्शनमा आउँदैछ । 
 
अहिले देशभरका हलमा 'कबड्डी कबड्डी' फिल्म प्रदर्शन भैरहेको छ । यो फिल्मले व्यापार पनि राम्रो गरेको छ । तर, अर्जुनले आफूलाई कसरी २१ वटा हलमा फिल्म चल्दो रहेछ, हामी पनि हेर्छौ भनेर घुमाउरो शैलीमा धम्की दिएको पूजनाले बताएपछि यसले नयाँ हंगामा सिर्जना गरिदिएको छ ।
 
एक निर्माताले अर्को निर्मातालाई वुझ्नुको साटो उल्टै फिल्म चल्नु भन्दा २ दिन अगाडि मिति सार्नु भन्नु र कसरी चलाउछौ भनेर धम्की दिनु हेपाहा शैलीको पराकाष्ठ भएन र ? पूजनाले आफूलाई महिला भनेर नहेप्न भन्दै फिल्म चल्ने बताएकी छिन् ।
Most Visited News (monthly)