देशभरका फिल्म हलहरुमा जुनकुनै नेपाली फिल्म प्रदर्शन हुनु पूर्व राष्ट्रिय गान अनिवार्य बजाउनु पर्ने प्रावधान चलचित्र विकास वोर्डले ल्याएको छ ।
.jpg)
वोर्डले पत्रकार सम्मेलन मार्फत पछिल्ला प्रगती विवरण सार्वजनिक गर्दै चलचित्र संघसँगको सम्झौता अनुरुप फिल्म सुरु हुनु पहिले नेपालीहरुको पहिचान बोल्ने एकता र राष्ट्रियताको सन्देश 'राष्ट्रिय गान' अनिवार्य बजाउनुपर्ने नियम बनाईएको जानकारी गराएको हो ।
त्यस्तै केहि दिन पहिले नै बाहिरिईसकेको मल्टिप्लेक्स हलहरुले ५० प्रतिशल सेयर निर्मातालाई दिने सम्वन्धमा पहिलो हप्ता ५० प्रतिशतदेखि क्रमिकरुपमा दोश्रो हप्ता ४२.५५, तेस्रो हप्ता ३७.५५ र त्यस उप्रान्त ३०५ का दरले बाँडफाँड गर्नेकुरा समेत सहमती भएको जानकारी गराईएको छ ।
साथै विकास वोर्डले हरेक बर्ष छनौट गर्ने दुई विशेष चलचित्रमा गत बर्ष २०७१ बैशाख १ गतेदेखि २०७१ चैत्र मसान्तभित्र सेन्सर पास भईसकेका फिल्म भित्र आवेदन माग गरी आएका मध्येका दुई फिल्म 'सुनपानी' र '१२ नेपाली एक चिहान' बर्ष २०७१ का विशेष फिल्म छनोट भएका छन् ।

