Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

शान्ति र एकताको नारा बोकेर आउँदैछिन् केकी

फिल्मीखबर, काठमाडौं, 2015/12/02
पछिल्लो समय देशमा उत्पन्न ईन्धन अभाव, आन्दोलनजस्ता विकराल परिस्थितीलाई मध्यनजर गर्दै नेपाल शान्तिपुर्ण हुनुपर्ने मागसहित लघु फिल्म बन्ने भएको छ । 'नेपाल नेभर ईण्ड पिस एण्ड लभ' नाम दिईएको उक्त फिल्मममा केकी अधिकारी लिड रोलमा हुनेछिन् । 
 
यूहान मोसन पिक्चर्सको तर्फबाट बन्न लागेको यो फिल्म पूर्णत जनचेतनामुलक बन्ने बताईएको छ । फिल्मले बुद्ध जन्मेको देश शान्तिपुर्ण हुनुपर्ने तथा हरेक नेपालीले स्वतन्त्र रुपमा आफ्ना मौलिक अधिकारसहित बाँच्न पाउनुपर्ने सन्देश बोल्ने निर्माण कम्पनिकी अध्यक्ष सञ्जिता श्रेष्ठले बताईन् । 
 
केकीसँगै सुशिल श्रेष्ठ, हसन खान, जुनिम गहतराजसँगै फिल्म उद्योग र यो बाहिरका केहि नाम चलेका अनुहारलाई पर्दामा उतार्ने निर्माण ब्यानरले जनाएको छ । फिल्मलाई सुमन कोईरालाले खिच्नेछन् । 
 
फिल्म मार्फत केकीले सार्वभौम सम्पन्न नेपाललाई कुनै जात, धर्म, बर्ण र क्षेत्रगत रुपमा विभाजत गर्न नहुने र राजनीतिक दल र नेताहरुको निहित स्वार्थमा कोही कतै प्रयोग हुन नहुने सन्देश बोकेर आउने छिन् । फिल्मलाई जनक खड्काले निर्देशन गर्नेछन् । 
Most Visited News (monthly)