Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`झोला` पाईरेसी विरुद्ध प्रहरीमा किटानी जाहेरी | माउण्टेन रिभरमा प्रहरीको छापा

फिल्मीखबर, काठमाडौं, 2015/11/30
केहि दिन अगाडी फिल्म ’झोला’ पाईरेसीसँगै अनाधिकृत रुपमा युट्युवमा हालिएपछि निर्माण टिमले शंकास्पद माउण्टेन रिभर फिल्मस् प्रालीका प्रमुख चन्द्रकान्त झाको नाममा महानगरिय प्रहरी परिसर हनुमानढोकामा किटानी जाहेरी दर्ता गराएको छ । उक्त कम्पनीलाई विदेश प्रदर्शन तथा प्रचारको लागी दिईएको फाईल नै युट्युवमा आएपछि उसको अनाधिकृत काम विरुद्ध प्रहरीमा उजुरी दर्ता गराईएको हो ।
 
 
आईतबार प्रहरीले आवश्यक छानविनको लागी झालाई नियन्त्रणमा लिने प्रयास गरेपनि उनी भारतको नयाँदिल्लीमा रहेकोले कब्जामा लिन सकेन । यस्तै उक्त कम्पनिकै अफिसबाट पाईरेसी भएको र त्यहाँकै कम्प्युटरबाट युट्युवमा अपलोड भएको ठहर गर्दै प्रहरीले कालिकास्थानमा रहेको माउण्टेन रिभर फिल्मस् प्रालीको अफिसको सबै सामान भने नियन्त्रणमा लिएको छ । 
 
'झोला' निर्माण टिमले प्रतिलिपी अधिकार हनन मुद्धा अन्तर्गत उक्त कम्पनि र झालाई विपक्षी बनाई उजुरी दर्ता गराएको हो । उजुरीसँगै ५ करोडको क्षतीपुर्ती समेत माग गरिएको छ । पहिलो प्रदर्शनमा हिट बनेको यो फिल्मको आगामी माघ महिनामा पुनः प्रदर्शनको तयारीमा निर्माण टिम लागेको थियो । 
 
त्यस्तै भारतिय च्यानलमा फिल्म प्रशारणको लागी मुम्वईस्थित सेन्सर वोर्डमा प्रक्रिया अघी बढ्दै गरेको तथा अमेरिका, युके, बर्मा लगायतका विभिन्न देशमा प्रदर्शनको लागी सम्झौता हुँदैगर्दा पाईरेसी भएपछि यो प्रकारको कामलाई जघन्य अपराध ठहर गर्दै यसविरुद्ध एक्शन लिईएको निर्देशक यादव भट्टराईले बताए । 
 
'हामीले विदेश प्रदर्शनको चाँजोपाँजो मिलाउने दुई पक्षिय सहमतिअनुसार जुन फाईल उनलाई उपलब्ध गराएका थियौं, सोही फाईल नै युट्युवमा आयो जहाँ माउण्टेन रिभरको लोगो समेत समावेश छ । यो अपराध सो कम्पनि बाहेक अन्य कसले गर्नसक्छ ?’ भट्टराईले प्रतिप्रश्न गरे ।
 
बिना अनुमति कसैको सृजनालाई सामाजिक सञ्जालमा अपलोड भएपछि त्यसविरुद्धको कारवाही शसक्त रुपमा अघी बढाईएको महानगरिय प्रहरी परिसर हनुमानढोकाका डिएसपी दिनेश आचार्यले बताए । उनका अनुसार दोषी आरोपित झा नेपाल आईसकेपछि यो प्रक्रिया अदालतमा पुग्नेछ र त्यसपछी अदालतले नै यो मुद्धाको फैसला गर्नेछ ।
 
Most Visited News (monthly)