फिल्म 'बाजिगर'को अफिसियल गीत सार्वजनिक भएको छ । गीतमा अभिनेत्री अनु शाह 'फिचरिङ' छिन् । ईन्दिरा जोशीले गाएको गीतमा अनुलाई विश्व चर्चित गायिका 'शाकिरा'को रुपमा प्रस्तुत गरेको निर्माण टिम बताउँछ ।
त्यसो त गीतको टाईटल नै 'शाकिरा' राखिएको छ । बसन्त सापकोटाले संगीत दिएको उक्त गीतको शब्द स्वप्निल बरालको हो । कोरियोग्राफी कविराज गहतराजले गरेका छन् ।
शेखर कोईरालाको लगानी रहेको यो फिल्ममा अनुले अभिनेता जीवन लुईटेलसँग रोमान्स गरेकी छिन् । फिल्ममा सञ्जोग कोईराला पनि लिड रोलमा छन् । फिल्मलाई रञ्जित रानामगरले निर्देेशन गरेका हुन् ।

