Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.00/5.00)
Text size:-
+
-

निल्नु न ओकल्नु भइन् निशा

फिल्मीखबर, काठमाडौं, 2015/10/30

कलाकारले भाउ खोजेर समय नदिएपछि फिल्मको निर्माण यूनिट कती तनावमा पर्छ भन्ने निर्माता गोपाल कायस्थले राम्रोसँग भोगिरहेका छन् ।अभिनेत्री निशा अधिकारीको कारण अहिले गोपाललाई उनी निल्नु न ओकल्नु भएकी छिन् । निशा फिल्म क्षेत्रमा खासै जमेकी अभिनेत्री होइनन् । उनको हातमा फिल्म पनि छैन । तर, ट्रेकिङ र हिमाल चढ्ने भन्दै उनी बारम्बार हिडेपछि गोपाललाई समस्या भएको हो ।


फिल्मको ‘मैले मन पराको अवस्था हा’े बोलको गीतको छायांकन आधा मात्र सकेर निशा हिमाल चढ्न दक्षिण अफ्रिका पुगिन् । आए लगतै छायांकन गर्ने कुरा थियो । तर, निशा आएपछि फेरि अहिले ट्रेकिङका लागि लुक्ला निस्केकी छिन् ।गोपालले गीत पुरा गर्न पाएका छैनन् । विरगञ्जमा ११ दिन लगाएर खिचिएको फिल्मको केही फुटेज पनि डिलेट भएपछि उनलाई झन् समस्या भएको हो ।


कात्तिक २७ गतेबाट फिल्म चल्दैछ । निशा अधिकारी आएर गीत पुरा गर्ने उनको योजना छ । तर, निशाले फिल्म चल्नु भन्दा एक साता अगाडि मात्र आउने कुरा गरेकी छिन् । एक साता अगाडि गीत खिचेर फिल्ममा समावेश गर्नुपर्ने वाध्यतामा गोपाल छन् । निशाले फेरि अर्को वहाना झिकिदिइन् भने फिल्मका निर्माता झन् समस्यामा पर्नेछन् ।निखिल उप्रेती, सविन श्रेष्ठ, हर्षिका श्रेष्ठको पनि मुख्य भूमिका रहेको फिल्मका निर्देशक दयाराम दाहाल हुन् । फिल्म लुटेरा सुरुमा निर्देशकका कारण नै विवादमा थियो । सविर श्रेष्ठले निर्देशन गर्ने भनिएको फिल्मलाई पछि दयारामले  निर्देशन गरेका थिए ।

Most Visited News (monthly)