Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

‘धूम ४’ मा बाहुबली !

एजेन्सी, मुम्बई, 2015/10/29

बलिउड फिल्म ‘धूम’को चौथो शृंखला बन्ने खबरसँगै यसमा अभिनय गर्ने कलाकारको बारेमा अनुमान थालिएको छ । केही दिन पहिले ‘धूम ४’ माअमिताभ बच्चन र ऋतिक रोशनले अभिनय गर्ने चर्चा चलेको थियो तर त्यसको साता नबित्दै अमिताभ हैन बाहुबली स्टार प्रभासले अभिनय गर्ने चर्चा सुरु भएको छ ।

 


बाहुबलीको विश्वव्यापी सफलतासँगै बलिउडले पनि साउथ स्टारलाई सिक्वेलमा भित्र्याए  साउथको बजारबाट पनि राम्रो आम्दानी गर्ने निर्माण पक्षको विश्वास हुन सक्छ ।  यही भएर निर्माता यशराज व्यानरले प्रभाससँग कुरा अगाडि बढाईरहेको स्रोतको दाबी छ । तर प्रभासले खेल्ने नखेल्ने टुंगो भईसकेको छैन ।



त्यसैगरी अभिनेत्रीमा यसपटक निर्माण पक्षले अनुष्का शर्मालाई लिन खोजेको चर्चा छ । यशराज ब्यानरबाट डेब्यु गरेकी अनुष्काले ‘जब तक है जान’ यता सो ब्यानरमा काम गरेकी छैनन् । फिल्ममा प्रभासलाई लिए उनले अभिषेक बच्चनलाई रिप्लेस गर्ने बुझिएको छ । फिल्ममा उदय चोपडा भने यथावत रहनेछन् ।

Most Visited News (monthly)