Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अभागी फिल्म !

फिल्मीखबर, काठमाडौं, 2015/10/29

हलमा फिल्म नआइन्जेलसम्म, त्यो फिल्म चल्छ भन्नु बेकार छ । केही फिल्म घोषणा भएपनि बन्दैनन् त केही फिल्म बनेर पनि हलमा आउछन् या आउदैनन् टुंगो लाग्दैन ।

 

फिल्म ‘ह्याप्पी न्यू इयर’को काठमाण्डौको एभरेष्ट होटलमा भव्य समारोहका विच घोषणा गरियो । फिल्ममा अनुप विक्रम शाही र वेनिशा हमालले काम गर्ने पक्का थियो । फिल्मलाई प्रविण श्रेष्ठले निर्देशन गर्ने तय भएको थियो ।

 

गृहेन्द्र घिमिरेले बनाउन लागेको यो फिल्मको छायांकन अष्ट्रेलियामा गर्ने तयारी गरिएको थियो । अब यो फिल्म बन्छ या बन्दैन कुनै टुंगो लागेको छैन । नोभेम्बर महिनाबाट फिल्मको छायांकन सुरु गर्ने घिमिरेले बताउदै आएका छन् । तर, फिल्म अब बन्छ भन्नेमा कोही पनि आशावादी छैनन् ।

 

फिल्म निर्देशक बसन्न निरौलाले बनाएको फिल्म ‘आवेग’ पनि हलमा आउने कुनै टुंगो छैन । सूर्य कार्कीको प्रस्तुतीमा तयार भएको यो फिल्म हलमा कहिले आउछ निर्देशकलाई नै थाहा छैन । निर्देशक र निर्माताविच कुनै सम्पर्क नै छैन । फागुणमा चलाउने भनेर चर्चा गरेपनि मिति सर्‍यो । यसपछि फिल्म चल्ने कुनै टुंगो छैन । निर्माता कार्की फिल्म बोकेर बसेका छन् तर हलमा ल्याउने कुरै गर्दैनन् ।

 

फिल्मको गीत र ट्रेलर पनि सार्वजनिक गरिएको छ । आर्यन सिग्देल, पवित्रा आचार्य, धुव्र दत्त र अर्चना डेलालाले फिल्ममा अभिनय गरेका छन् । फिल्म कहिले चल्छ भन्नेमा न निर्देशकलाई थाहा छ न त निर्मातालाई पनि ।

 

बनेर चल्ने नचल्ने निश्चित नभएको फिल्ममा रेश मरहठ्ठाको ‘च्यालेन्ज’ पनि पर्छ । फिल्म बनेको ५ वर्ष भन्दा ज्यादा भयो तर प्रदर्शन हुने नहुने टुंगो छैन । ठूलै हल्ला खल्लाका साथ सुटिङ सुरु भएको नबिन सुब्बाको ‘गुडबाई’ काठमाडौंको अवस्था पनि हालसम्म अज्ञात नै छ । यो फिल्मको सुटिङ सकिएको ५ वर्ष बित्न लाग्यो । तर, कहिले रिलिज हुने कसैलाई थाहा छैन ।

 

बनेर पनि रिलिज नभएको अर्को फिल्म हो, ‘तुलसी’ । शंकर घिमिरे र ऋचा घिमिरे यही फिल्म लिएर अमेरिका भासिए तर यसले नेपालमा रिलिज हुने सौभाग्य पाएन । यस्तै नारायण पुरीले निर्देशन गरेका ‘ए फर अमेरिका’ र ‘मातृभूमि’ले पनि हलको मुख देख्न पाएका छैनन् । दुई मध्ये 'ए फर अमेरिका’को सुटिङ बीचैमा अड्किएको छ भने अर्को फिल्म वितरक नभेटेर अलपत्र परेको छ । यस्ता धेरै फिल्म छन् जो रिलिज कुरेर बसेका छन् ।

Most Visited News (monthly)