Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

उकासिदै ‘सुश्री’को ब्यापार

फिल्मीखबर, काठमाडौं, 2015/10/29

हिन्दुहरुको महान पर्ब बिजया दशमीको मौका छोप्दै फुलपातिका दिन सार्बजनिक प्रदर्शनमा आएको चलचित्र ‘सुश्री’को ब्यापार दिन प्रतिदिन उकालो लाग्दैछ । अन्य तीन बलिया फिल्म संग जुध्न पछि नपरेको ‘सुश्री’को कमजोर प्रचार र हल संख्या अत्यन्त न्युन हुदाहुदै पनि पछिल्लो समयमा भने माउथ पब्लिसिटीकै कारण ब्यापार बढ्न थालेको यसका निर्माता तथा बितरक बताउछन् ।  

 

रिलिजको समयमा राजधानीका ४ एकल र केही मल्टिप्लेक्स पर्दा पाएको चलचित्रको मोफसलका सिनेमा घर थपिएका छन् भने राजधानीकै सिदार्थ सिनेमा पनि थपिएको बितरकले जानकारी गराएको छ । साथै राजधानीका सबै सिनेमा घरमा संतोषजनक रुपमा चलचित्रको प्रदर्शन भईरहेको पनि जानकारी गराएको छ ।रिलिजको दोस्रो साता प्रबेश संगै मोफसलका घोराई,जितपुर,सुर्खेत,नेपालगंज,दमकका सिनेमा घर थप भएको बितरक रोहित‍-रत्नले बताए । साथै फुलपातिको दिनमा भन्दा मंगलबारको कलेक्सन राम्रो रहेको पनि बताए ।

 

चलचित्र लेखक शिबम अधिकारीको डेब्यु निर्देशन रहेको यस चलचित्रमा आर्यन सिग्देल र डेब्यु हिरोईन आशिका तामाङ मुख्य भुमिकामा छन् । चलचित्रमा सुरबिना कार्की,राजाराम पौडेल,बिकास चापागाँई,मिश्री थापा लगायतका कलाकारको अभिनय रहेको छ ।आशिका फिल्मसको ब्यानरमा आत्मराम थापाले चलचित्र ‘सुश्री’निर्माण गरेका हुन् ।

Most Visited News (monthly)