Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

फेरि हिट ‘नाई नभन्नू ल ४ का गीत ?

फिल्मीखबर, काठमाडौं, 2015/10/26

‘नाई नभन्नू ल’ का अघिल्ला तीन शृंखलाको एउटै विशेषता के थियो भने फिल्मको संगीत श्रोताको मन मुटुमा बस्न सफल भएका थिए । शृंखलाको व्यवसायिक सफलताको जसपनि संगीतले नै पाउँदै आएका छन् । यही मेसोमा फिल्मको चौथो शृंखलाको पनि सुटिंग सकिइसकेको छ र फिल्मको पहिलो गीत पनि रिलिज भईसकेको छ ।

 

फूलपातीको दिन रिलिज भएको गीतले हप्ता दिन नबित्दै लाख दर्शक पाईसकेको छ र युट्युबमा गीत हेर्ने सबैले गीतका बारेमा सकारात्मक कमेन्ट दिएका छन् । पूर्वेली लोक शैलीको गीतले धेरैको मन रिझाएको छ ।पहिलो गीत हिट भएसँगै फिल्मका बाँकी गीत पनि हिट हुने निर्माण पक्षको अपेक्षा छ । तेस्रो शृंखलामा केही कमजोर गीत छनोट गरेको टिप्पणी खेपेको निर्माण पक्षले चौथोमा संगीत बलियो बनाउन कुनै कसर नछाडेको निर्माता तथा निर्देशक विकास आचार्यको भनाई छ ।

 

तेस्रो शृंखलामा नअटाएका प्रेम परियारको आगमनले पनि चौथो शृंखलाका संगीत थप लोकप्रिय बनेको निर्माण पक्षको विश्वास छ ।  । किनकी भोकल कर्ड चेन्ज भएका कारण प्रेमले तेस्रो शृंखलामा गाउन सकेका थिएनन् र श्रोताले उनको कमी महसुस गरेका थिए ।

 

तर यसपालि प्रेमसँगै गायनमा राजेश पायल राई, सुगम पोखरेल, प्रल्हाद तिमल्सिना, इन्दिरा जोशी , रजिना रिमालले संगीतकार बसन्त सापकोटाको धूनलाई आत्मसात गरेका छन् । पहिलो गीतको सफलताले यही संकेत गर्छ, फेरि पनि ‘नाई नभन्नू ल ४’का गीतले अघिल्ला शृंखलाको सफलतालाई दोहोर्याउँछन् ।

Most Visited News (monthly)