Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

दशैंका फिल्मलाई पछार्यो `परदेशी`ले

फिल्मीखबर, काठमाडौं, 2015/10/26
दशैंको अवसर पारेर रिलिज भएका फिल्महरूमध्येमा नारायण रायमाझी निर्देशित 'परदेशी' अगाडी देखिएको छ । निर्माताको भनाइलाई आधार मान्ने हो भने यो फिल्मले दुई करोड कलेक्सन गरिसकेको छ । 
 
यसअघि 'गोर्खा पल्टन' बनाएर चर्चा र पैसा दुबै कमाएका निर्देशक रायमाझी र निर्माता राजेश वंशलले यसपटक पनि राम्रै पैसा कमाउने देखिएको छ । इन्डियन आईडल बनेपछि 'गोर्खा पल्टन'बाट अभिनेता बनेका प्रशान्त तमाङलाई दोस्रो सफलता नारायण रायमाझीले नै दिलाए । प्रशान्तले अभिनय गरेका अन्य फिल्म असफल भएका थिए । 
 
'गोर्खा पल्टन' जस्तै 'परदेशी' पनि चल्नुको मुख्य आधार संगीत पक्ष भएको बताईन्छ । फिल्मको कथाबस्तु पनि दर्शक तान्ने अर्को मुख्य माध्यम भएको हलवाला बताउँछन् । फिल्मको मेकिङ भने उच्चस्तरको नभएको समिक्षकको लेखाई छ ।
 
दशैंको अवसर पारेर 'परदेशी'सँगै 'अधकट्टी', 'सुश्री' र 'ठमेल डट कम' रिलिज भएका थिए । 'परदेशी' बाहेक अन्य फिल्मको कलेक्सन उच्च नभएपनि निर्माताको चित्त बुझाउँदो भने रहेको बुझिएको छ ।     
Most Visited News (monthly)