Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 3.80/5.00)
Text size:-
+
-

कस्तो रह्यो दशैंका फिल्मको व्यापार?

फिल्मीखबर, काठमाडौं, 2015/10/20

आज रिलिज भएका तीन फिल्मले राम्रो व्यापार गरेको रिपोर्ट प्राप्त भएको छ । फूलपातीको दिनबाट रिलिज भएका ‘परदेशी’, ‘अधकट्टि’ र ‘सुश्री’ले सन्तोषजनक व्यापार गरेको वितरकले फिल्मीखबरलाई जानकारी दिएका छन् । तर तीन फिल्म मध्ये ‘परदेशी’को व्यापार उच्च छ । सम्पूर्ण रिपोर्ट नआईसकेपनि ‘परदेशी’ले पूर्व पश्चिम सबैतिर हाउसफूलको व्यापार गरिरहेको स्रोतले बतायो । ‘

 

परदेशी’पछि व्यापारमा ‘अधकट्टि’ अगाडि छ । फिल्मले राजधानीको मल्टिप्लेक्स र केही हलमा राम्रो व्यापार गरेको स्रोतको दाबी छ ।आजै रिलिज भएको ‘सुश्री’को भने हल संख्या कम छ । त्यही कारणले पनि ‘सुश्री’को व्यापार गणनायोग्य छैन तर लागेका ठाउँमा राम्रो व्यापार गरेको निर्माण पक्षको दाबी छ ।बिहीबारबाट गोपीकृष्ण मुभिजको ‘ठमेल डटकम’ रिलिज भएपछि पर्दा थप बाँडिनेछ । अझ शुक्रबार बाट शाहिद कपुर र आलिया भट्टको ‘शानदार’ रिलिज हुने भएकाले नेपाली फिल्मका थप पर्दा खोसिनेछन् । बिहीबार अगावै नेपाली फिल्मले फाइदा उठाईसक्नु पर्नेछ ।
 

Most Visited News (monthly)