त्यसो त कट्रिनाले सलमान शाहरुख दुवैसँग काम गरेकी छिन् र संयोगवश हिट फिल्म पनि दिएकी छिन् । सलमालसँग ब्रेक अप भएपछि भने कट्रिनाले सलमानसँग ‘एकथा टाइगर’ यता काम गरेकी छैनन् । झन् शाहरुखसँग त जम्मा एउटा फिल्ममा अभिनय गरेकी छिन्, ‘जब तक है जान’ ।
तर भारतको एउटा अनलाइन खबरसँगको कुराकानीमा कट्रिनाले फेरि कुन अभिनेतासँग काम गर्न मन छ भन्दा उनले शाहरुख खानको नाम लिएकी हुन् । पत्रकारले सलमानसँग नी ? भनेर सोधेको प्रश्नमा भने कट्रिनाले मौनता साँधेकी थिइन् ।
कट्रिनाको मौनताको जवाफ सलमानले कसरी दिने हुन् आगामी दिनमा देखिएला तर अहिले त यत्ति भन्न सकिन्छ कट्रिना सायद सलमानसँग अभिनय गरेर पूराना याद बल्झाउन चाहान्नन् । त्यही कारणले होला उनले सलमान छाडेर शाहरुख रोजिन् ।

