Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 1.50/5.00)
Text size:-
+
-

कंगनाले सलमानलाई लगाइन दोष

एजेन्सी, मुम्बई, 2015/10/14

बलिउडकी रानी कंगना रनावतले सलमानलाई दोषी ठहर्याएकी छिन् । तर उनले सलमानले नशाको समयमा गाडी चलाएर फुटपाथमा सुतिरहेको मानिस मारेको अभियोगमा सलमानलाई दोषी ठहर्याएकी भने होइनन् । उनले त हालै रिलिज भएको फिल्म ‘कट्टिबट्टि’ फ्लप हुनमा सलमानलाई दोषी ठहर्याएकी हुन् ।

 

किनकी सलमानले कंगनालाई ‘कट्टिबट्टि’ खेल्न कर गरेका थिए । कंगनाका अनुसार सलमानले नै उनलाई फिल्म खेल्न प्रेसर गरेका थिए । ‘क्विन’ हिट भएपछि कंगना विचार गरेर मात्र फिल्म खेल्ने सोचमा थिइन तर सलमानले कंगनालाई आकाश पाताल देखाएर फिल्म गर्न राजी गराएको र आफू कन्भिस नहुँदा नहुँदै फिल्म खेलेका कारण फिल्म फ्लप भएको कंगनाको बुझाई छ ।


तर सलमान खानले भने आफूले कंगनालाई फिल्म खेल्न कर नगरेको बताएका छन् । उनले आफूले कंगना र निखिल आडवाणीका बीचमा कुरा गर्न सहजीकरण मात्र गरेको तर त्यो भन्दा बढी केही नगरेको बताएका छन् ।संसारभरिनै फिल्म फ्लप भएपछि त्यसको दोष अरुलाई लगाउने चलन छ । कंगनाले पनि फिल्म फ्लप भएपछि सोही परम्परा पछ्याउँदै सलमानकाथि यसको दोष थोपर्ने चेष्टा गरेकी छिन् ।

Most Visited News (monthly)