Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

निखिलको मुखमा राष्ट्रियता

फिल्मीखबर, काठमाडौं, 2015/10/14

अभिनेता निखिल उप्रेती अहिले नेता जस्तै हुन थालेका छन् । हातमा माइक पर्नुहुन्न देशका बारेमा गफ दिन थालिहाल्छन् । निखिलको यो स्वभाव देखेर धेरै जना छक्क पर्ने गरेका छन् । किनकी फिल्मको माहोलमा गएको बेला राजनीतिक कुरा गरेको कसो कसो सान्दर्भिक नहुँदा रैछ । त्यसमाथि भएन नेताको कुराले वाक्क भएका जनता फिल्मी माहोलमा गएर पनि त्यस्तै कुरा सुन्न परेपछि बोर नहुने कुरै भएन ।


निखिल ५ बर्षपछि नेपाली फिल्म क्षेत्रमा फर्किएका हुन् । उनले आफू बेला बेलामा हराइरहने मानिस भन्दै काठमाण्डौमा आयोजना भएको इनास अवार्डमा राष्ट्रियताको कुरा गरे । उनले राष्ट्रियताको कुरा गर्दै भारतलाई हौसला दिने काम नगर्न आग्रह गरे । कुनै कार्यक्रम गर्नुछ भने नाकाबन्दीले तेल भएन भनेर पछाडि नसार्नुहोस् भन्दै उनले पैदल हिड्न आग्रह गरे ।
निखिलको राष्ट्रियताको कुरामा ताली खुबै बज्यो । निखिल पनि अवार्ड बाँड्न पुगेका विर्सदै देशका कुरा गर्न माइक समाते ।

 

निखिलको यो स्वभाव पहिलो पटक देखिएको होइन । देशमा आयोजना हुने अवार्ड समारोहदेखि फिल्मका पत्रकार सम्मेलनमा पुगे भने उनी नेपाली फिल्म माथि पु¥याउन लागिपर्नुछ भन्न थालिहाल्छन् । एनएफडिसी अवार्डमा पनि द्धन्द्ध विधाको अवार्ड बाँडन पुगेका उनले द्धन्द्ध फिल्ममात्रै सिमित राखेको राम्रो राजनीतिमा होइन भनेर टुच्च दिएका थिए । जेहोस् मुम्बईबाट फर्किएपछि नेपाली फिल्म र देशको खुबै माया गर्ने भएका छन् निखिल ।

Most Visited News (monthly)