Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘परदेशी’मा लाहुरे हैनन् प्रशान्त

फिल्मीखबर, काठमाडौं, 2015/10/14

अभिनेता तथा गायक प्रशान्त तामाङलाई दर्शकले फिल्मको पर्दामा लाहुरको भूमिकामा देख्छन् । फिल्म ‘गोर्खापल्टन’मा लाहुरेको रुपमा देखिएका थिए प्रशान्त । यसैले पनि कात्तिक ३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘परदेशी’मा पनि प्रशान्त लाहुरेकै भूमिकामा छन् कि भन्ने धेरैलाई लागेको छ । तर, यसपटक भने प्रशान्तले आफूले लाहुरेको भूमिकामा काम नगरेको बताएका छन् । फिल्मीखबरसँग कुरा गर्दै प्रशान्तले ‘परदेशी’ले नेपालको सुक्ष्म बिषयलाई उठान गरेपनि आफू लाहुरेकै भूमिकामा भने नदेखिएको बताएका छन् ।


प्रशान्तले ‘परदेशी’ नेपालमै घट्ने गरेको बिषयमा तयार भएको भन्दै दर्शकले ‘गोर्खापल्टन’ भन्दा पनि धेरै मन पराउने आश गरेका छन् । ‘गोर्खा पल्टनमा गोर्खा भर्तीमा जान बाध्य नेपालीको कथा भनिएको थियो तर यसमा बिदेशिन बाध्य युवा युवतीको कथा समेटिएको छ । परदेशीको कथा हरेक नेपालीले अनभूत गर्न सक्नु हुन्छ,’ प्रशान्त ले भने । फिल्म सफल वा असफल जेभएपनि आफूले भने सकेको काम गर्ने प्रशान्तले बताए ।

 

उनले फिल्म असफल हुनुको पछाडि आफू मात्र दोषि नभएको भन्दै हरेक फिल्ममा उत्तिकै मिहिनेत गर्ने खुलाएका छन् ।नारायण रायमाझीले निर्देशन गरेको यो फिल्मलाई राजेश वंशलले निर्माण गरेका हुन् । फिल्ममा प्रशान्तको साथमा रजनी केसी, नरेन खड्काको पनि भूमिका छ । प्रशान्तले अब आफूलाई हसाँउने भूमिकामा काम गर्न मन लागेको जानकारी गराए ।

Most Visited News (monthly)