फिल्म 'चंखे शंखे पंखे'को रिलिजसँगै निर्देशक सुदर्शन थापाले आफ्नो अर्को नयाँँ फिल्म 'प्रेम गीत'को टिजर रिलिज गरेका छन् । पूजा शर्मा र नव–अभिनेता प्रदीप खड्काकाे अभिनय रहेकाे फिल्मको प्रस्तुत टिजरमा प्रेमको मिठास देखाईएको छ ।
सन्तोष सेनको निर्माणमा तयार भएको यो फिल्म यसै वर्षको भ्यालेन्टाइन लक्षित गरेर माघ २९ गते रिलिज हुने बताइएको छ । सरोज खनाल, रुपा राना र लक्ष्मी गिरीको समेत मुख्य भूमिका रहेको यो फिल्ममा अर्जुन पोखरेलको संगीत सुन्न सकिन्छ ।
यस्तै फिल्ममा सुगम पोखरेल र अन्जु पन्तको स्वर रहेको छ भने रेनशा राईले कोरियोग्राफी गरेकी छिन् । फिल्मलाई राजेश श्रेष्ठले खिचेका हुन् ।

