मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

सुरजले 'र्‍याग्स गाइज' बनाउने

फिल्मीखबर, काठमाडौं, 2015/10/13

फिल्म 'र्‍याग्स गाइज'को घोषणा गरिएको छ । काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गर्दै यसको घोषणा गरियो । सुरज भुषालले यो फिल्मको निर्देशन गर्दैछन् । माघ महिनाबाट फिल्मको छायांकन सुरु हुनेछ ।

 

फिल्ममा 'होस्टेल रिटन्र्स'बाट नेपाली फिल्म क्षेत्रमा भित्रिएका ४ अभिनेताले मुख्य भूमिका निर्वाह गर्ने भएका छन् । फिल्ममा सुशिल श्रेष्ठ, सुशिल सिटौला, नाजिर हुसेन र अभय बराल मुख्य भूमिकामा देखिनेछन् । कार्यक्रममा बटवाल फिल्मस् नामको नयाँ ब्यानरको पनि घोषणा गरियो । यो फिल्मस्ले फिल्म निर्माणसँगै विज्ञापन, वृत्तचित्र पनि बनाउनेछ ।

 

यही ब्यानरबाट नयाँ निर्माता तिलक केसी फिल्म क्षेत्रमा भित्रदैछन् । अभिनेत्रीको खोजी भने भैरहेको निर्देशकले बताए । फिल्मको नाम चार पात्रको अगाडिको अक्षरबाट राखिएको छ । आर.ए.जी.एस अक्षरबाट ४ पात्रको नाम फिल्ममा राखिएको छ । फिल्मको बिषयवस्तुबारे भने केही पनि खुलाइएको छैन । चार पात्रको रोचक कथालाई फिल्ममा देखाइने वुझिएको छ ।