मिति : २०८१ वैशाख २७, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.00/5.00)
Text size:-
+
-

इनास अवार्डमा जे देखियो (फोटोफिचर सहित)

फिल्मीखबर, काठमाडौं, 2015/10/13

सोमबार बेलुकी काठमाण्डौको प्रज्ञा प्रतिष्ठानमा अन्तरराष्ट्रिय नेपाली कलाकार समाजले तेश्रो इनास अवार्ड सम्पन्न गरेको छ । अवार्ड समारोहमा १४ विधामा अवार्ड प्रदान गरिएको थियो । तर, अवार्ड समारोहप्रति कलाकारको आकर्षण घट्दै गएको यहाँ पनि देखियो । केही अभिनेत्री र थोरै अभिनेता उपस्थित भएको कार्यक्रममा कलाकारको  प्रस्तुती भने रमाइलो थियो ।

 

चर्चित निर्देशक तुलसी घिमिरेलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गर्दाको दृश्य धेरैको मनमा बस्यो । नेपालमा यति सम्मानका साथ कुनै पनि फिल्मीकर्मीलाई यो सम्मान प्रदान गरिएको थिएन । नगद १ लाख सहित उनलाई यो सम्मान प्रदान गरियो ।

 

पपुलर अभिनेत्रीको अवार्ड वितरण गर्न पुगेका अभिनेता आर्यन सिग्देलले उत्कृष्ट अभिनेताको अवार्ड फिल्म ‘नोभेम्बर रेन’बाट पाएका थिए । फिल्म ‘बितेका पल’बाट अभिनेत्री केकी अधिकारी उत्कृष्ट भइन् । पपुलर अवार्डको विधामा भने अभिनेत्री ऋचा शर्मा, अभिनेता दयाहाङ राई र फिल्म ‘६ एकान ६’  लाई उत्कृष्ट ठहर्‍याईएको थियो ।

 


उत्कृष्ट अभिनेत्रीको अवार्ड वितरण गर्न खासै नचलेकी अभिनेत्री जेनिशा केसीलाई स्टेजमा बोलाउनु आफैमा हाँस्यास्पद थियो । एउटा मात्र द्धन्द्धको दृश्य भएको फिल्म 'लज्जा'बाट चन्द्र पन्तले अवार्ड पाएका थिए । फिल्मतर्फ ‘टलकजंग भर्सेस टुल्के’ उत्कृष्ट भयो । निश्चल बस्नेतले यही फिल्मबाट उत्कृष्ट निर्देशकको अवार्ड जिते ।

 

उत्कृष्ट आलेखको विधामा रामबाबु गुरुङ र उपेन्द्र सुब्बालाई फिल्म ‘कबड्डी’बाट अवार्ड दिइयो । अन्य विधाहरुमा उत्कृष्ट बाल कलाकार संगम बिष्ट (लभ यू बाबा), उत्कृष्ट छायांकार पुरुषोत्तम प्रधान (कबड्डी), उत्कृष्ट पाश्र्व गायक स्वरुपराज आचार्य (स्टूपिड मन), उत्कृष्ट पाश्र्व गायिका अञ्जु पन्त (स्टूपिड मन), उत्कृष्ट संगीतकार अर्जुन पोख्रेल (स्टूपिड मन), उत्कृष्ट गीतकार डाक्टर कृष्णहरी बरालले (नाई नभन्नु ल २)बाट अवार्ड पाएका थिए ।

 


कार्यक्रममा चर्चित कलाकार मुरलीधरलाई सममान प्रदान गरियो । यस्तै, गायक बाबु बोगटी, चौथो इन्डियन आइडियलका फस्ट रनरअप कपिल थापा, नृत्य निर्देशक शंकर वीसीलाई पनि सम्मान गरियो ।

 

निर्माता रमेश त्वयनालाई डायस्पोरामा रहेर नेपाली फिल्मको विकासमा सहयोग गरेको भन्दै सम्मान प्रदान गरियो । तर, रमेश त्वयनासँगै फिल्म ‘आधी बाटो’की अभिनेत्री जेनिशा केसी पनि स्टेजमा पुगेको र आफ्नो भनाई राखेको दृश्य आफैमा रोचक थियो । जेनिशालाई सम्मानित गरिएको थियो या रमेशलाई वुझ्न धेरैलाई गाह्रो भएको थियो ।

 

 

कार्यक्रममा प्रशान्त तामाङ, कपिल थापा, इन्दिरा जोशी, कोमल वलीले गीत गाएका थिए । अभिनेत्रीहरु नीता ढुंगाना, केकी अधिकारी, पवित्रा आचार्यले नृत्य गरे । यस्तै, नृत्य निर्देशक शंकर वीसी, कलाकार नरेश विक्रमले पनि नृत्य गरे । कमेडियन कलाकार विल्सन विक्रम राइको कार्यक्रम संचालन खुबै रोचक थियो ।

 

कविताबाट कमेडी पस्कने कलाकार शैलेन्द्र सिंखडाले नेपाली अभिनेता र अभिनेत्रीलाई कसिलो ब्यङ्ग्य कसेका थिए । एनआरएन अध्यक्ष शेष घलेले दियोमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गरेका थिए ।

 

थप तस्विरहरू हेर्न यहाँँ क्लिक गर्नुहोस्  ⇒ 3rd INAS Award