फिल्म ‘लब सब’ले एक करोड १५ लाख भन्दा बढी व्यापार गरेको निर्माताले बताएका छन् । फिल्मले देशभरिका ४० पर्दाबाट तीन दिनमा यत्तिको व्यापार गरेको निर्माता सुशील पोखरेलले दाबी गरे । सुशीलले तीजको दिन अर्थात् बुधबार फिल्म लागे जत्ति ठाउँमा हाउसफूल रहेको र सोही कारण कमाईको आँकडा करोड माथि पुगेको बताए ।
देवकुमार श्रेष्ठको निर्देशन रहेको फिल्ममा संयम पुरी, सलोन बस्नेत,करिष्मा श्रेष्ठ, शिशिर भण्डारीको मुख्य भूमिका रहेको छ । फिल्ममा संयम र शिशिरको अभिनयलाई दर्शकले रुचाएका छन् ।
प्रोमोमा प्रयुक्त वन लाइनरले दर्शकलाई हलसम्म तान्न मद्धत पुर्याएको थियो । सानो बजेटमा बनेको फिल्मले नाफा कमाएसँगै निर्माता सुशील पोखरेल र नरेन्द्र महर्जनले यसको सिक्वेल घोषणा गरिसकेका छन् ।

