Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बलिउड फिल्म ‘बडिगार्ड’ अभिनेत्री नेपाल आउँदै

फिल्मीखबर, काठमाडौं, 2015/09/16

ब्रिटिस मोडल तथा बलिउड अभिनेत्री हेजेल किच काठमाडौं आउँदैछिन् । आगामी ९ असोजमा राजधानीमा सम्पन्न हुने ‘मोडल क्वेस्ट इन्टरनेशनल नेपाल–२०१५’ मा बिशेष अतिथिको रुपमा ‘शोज टपर’को भूमिका निर्वाह गर्र्न काठमाडौं आउँदैछिन् ।


हलिउडको ह्यारी पोर्टर सहित बलिउडको सलमान अभिनित ‘बडिगार्ड’ सहित ‘म्याक्सिमम’्, तेलगु फिल्म ‘कृष्णम’ ‘वान डे’ ‘जगद गुरुम’् सहित दर्जनौ फिल्म उनले खेलिसकेकी छिन् । फिल्म ‘म्याक्सिमम’्को ‘आ अन्टे अमलापुरम’को आईटम डान्सबाट चर्चा कमाएकी उनले यस पटक मोडल क्वेस्टमा क्वाटवाक गर्नेछिन् ।


आयोजक युहान इन्टरनेशलन इभेन्ट प्रालिका प्रबन्ध निर्देशक सानु खानका अनुसार झलक दिखला जा–६, बिगबोस–७, कमेडी सर्कस–२०१३ सहित विभिन्न कार्यक्रममा सहभागी भएर समेत कमाएकी हेजेल ब्रिटेनकी टप मोडलमा पर्दछिन् । सोही कारण नयाँ पुस्तालाई मोडलिङमा अबसरसँगै स्थापित गराउन आयोजना गर्न लागिएको मोडल क्वेस्टको बिशेष अतिथिको रुपमा उनलाई ल्याउन लागिएको खानले जानकारी गराए ।

उनी ८ असोजमा काठमाडौं झर्नेछिन् । सोही साँझ उनले प्रेसलाई भेट्न तयारी भईरहेको आयोजक खानले बताए ।९ असोज अपरान्ह ४ बजेबाट राजधानीमा सुरु हुने ‘मोडल क्वेस्ट इन्टरनेशनल नेपाल–२०१५’ उनी विशेष अतिथिको रुपमा ¥याम्पमा उत्रने छिन् । यो प्रतियोगितामा युवा र युवती गरेर ५० जना प्रतियोगी छन् । उपाधि बिजेता मोडल क्वेस्ट घोषणा हुनुका साथै एकलाख नगद, म्युजिक भिडियोमा मुख्य मोडल सहित विभिन्न अबसर प्राप्त गर्नेछन् ।

Most Visited News (monthly)