Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

साहरुखसँगको भिडन्तमा रणवीरलाई `नो इन्ट्रेस्ट`

एजेन्सी, मुम्बई, 2015/09/16

डिसेम्बर १८ मा बलिउडका चर्चित अभिनेता साहरुख खानको होम प्रोडक्शनमा तयार भएको फिल्म ‘दिलवाले’ र संजयलिला भन्सालीको निर्देशनमा बनेको फिल्म ‘बाजिराओ मस्तानी’ एकसाथ प्रदर्शनमा आउँदैछन् । दुई फिल्मको भिडन्त हुने भएपछि अहिले बलिउडमा यसको खुबै चर्चा छ ।


फिल्म ‘बाजिराओ मस्तानी’को ट्रेलर र गीत सार्वजनिक भैसकेको छ । तर, ‘दिलवाले’ अझै सुटिङ सकिएको छैन । ‘दिलवाले’सँग आफ्नो फिल्म जुध्न लागेको बिषयमा यसका अभिनेता रणवीर सिंहले केही बोल्न चाहेनन् । उनले एक कलाकारले मिहिनेत गरेर काम गर्ने भन्दै प्रदर्शन मिति तोक्ने अधिकार उसलाई नभएको बताए ।

 

साथमा रहेकी उनकी प्रेमिका दीपिका पादुकोणले आफूहरुले दिनमा १६ घन्टासँग काम गरेको बताइन् । कलाकारले पाएको भूमिका मिहिनेतका साथ गर्ने भन्दै फिल्मको मिति तोक्ने जिम्मा आफ्नो नभएको उनको तर्क थियो । 


साहरुख खान, काजोल, बरुण धवन, कृति सेननको मुख्य भूमिका रहेको फिल्म ‘दिलवाले’को चर्चा अहिले सर्वाधिक उचाइमा छ । यसैले पनि ‘बाजिराओ मस्तानी’लाई अप्ठ्यारो पर्ने विश्लेषण गर्न थालिएको छ ।

Most Visited News (monthly)