Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रेमकथा लिएर आउँदै रोज

फिल्मीखबर, काठमाडौं, 2015/09/16

फिल्म ‘म छु नि तिम्रो’को असफलतापछि फिल्म निर्माणबाट पछि हटेका निर्माता रोज राणा ४ बर्ष हराए । रोजले फिल्म निर्माण गर्ने चर्चा चलेपनि आट गर्न सकेनन् । राजनीतिमा पनि सक्रिय भएका रोजले संविधान सभाको दोश्रो चुनावमा नेपाली कांग्रेस पार्टीबाट टिकट पाएनन् ।


यसपछि रोज पारिवारिक जीवन बिताइरहेका थिए । उनले फिल्म ‘हिरोइन’ बनाउने भनेर चर्चा पनि भयो । तर, रोजले अब यो फिल्म नबनाउने पक्का भएको छ । फिल्म नगरिका कथावस्तुले व्यापार नगरेपछि रोज ‘हिरोइन’ बनाउन हच्किएका हुन् । उनै रोजले नयाँ फिल्म बनाउने घोषणा गरेका छन् । फिल्मको कथावस्तु पूर्णतया प्रेमकथामा हुनेछ । फिल्मका लागि नयाँ तथा पुराना कलाकारको छनोट भैरहेको रोजको दाबी छ ।


अष्ट्रेलियामा बस्दै आएका एनआरएन मिलन श्रेष्ठको पनि फिल्ममा लगानी हुनेछ । फिल्ममा संगीतकारमा महेश खड्कालाई फाइनल गर्दै रोजले फिल्म निर्माणको घोषणा गरेका हुन् । चलचित्र निर्माता संघको चुनाव नजिकिदै जादा रोजले फिल्म निर्माणको घोषणा गरेका छन् ।रोजले निर्देशक पनि चाडै नै फाइनल गर्ने बताए । उनले अब नेपाली फिल्मको वातावरण सुध्रन थालेको र आफू पारिवारिक व्यस्तताबाट भने केही फुर्सदिलो भएकाले फिल्म बनाउन लागेको बताए ।

Most Visited News (monthly)