अभिनेता सविन श्रेष्ठलाई अभिनेत्री रेखा थापाले नछाड्ने भएकी छिन् । रेखाको ब्यानरमा बनेका फिल्ममा सविन हिस्सा बनेका गरेका छन् । फिल्म ‘अन्दाज’बाट सुरु भएको रेखा र सविनको केमेष्ट्री निरन्तर जारी छ ।
रेखाका लागि आर्यन सिग्देल टाढा भएपछि सविन र अर्का कलाकार किशोर खतिवडा रोजाइमा पर्दै आएका थिए । यस पटक पनि सविनलाई रेखाले आफ्नो नयाँ फिल्ममा लिने भएकी छिन् । रेखाले निर्माण गर्न लागेको फिल्म ‘रामप्यारी’मा सविन नै अनुवन्धित भएका छन् ।
लामो समयदेखि अभिनेताको खोजी गरिएतापनि रेखाले पाएकी थिइनन् । तर, उनले सविनलाई अनुवन्धित गरेर असोज १ गतेबाट छायांकन प्रारम्भ गर्दैछिन् । यसअघि फिल्मका लागि रेखाका भतिज आभाष अधिकारी र अभिनेत्री आश्मा डीसी पक्का भैसकेका छन् ।
फिल्म रामप्यारीमा रेखा ट्याम्पु ड्राइभरको भूमिकामा देखिदैछिन् । हुनत, रेखाले काम गर्ने फिल्ममा अभिनेताको खासै महत्व देखिदैन । तर, सविन र किशोरले भने रेखासँग सहकार्य गर्दै आएका छन् । फिल्मलाई सविर श्रेष्ठले निर्देशन गर्दैछन् ।

