अभिनेता सलमान खान निर्माता बनेको फिल्म ‘हिरो’ले आशा गरे अनुसारको व्यापार गर्न सकेन । फिल्ममा दुई नयाँ कलाकार लिएर सलमानले ८० को दशकमा बनेको ‘हिरो’को रिमेक गरेका थिए । तर, यो फिल्मले प्रदर्शन अगाडि जति चर्चा पाएको थियो, त्यसअनुसारको व्यापार गरेको छैन ।
शुक्रबार ६.८५ करोडको व्यापार गरेको फिल्मले शनिबार ६.६२ करोडको व्यापार गरेको थियो । आइतबार बिदाको दिन भएपनि फिल्मको व्यापार माथि उठेन । आइतबार ७.७३ करोडको व्यापार गरेको थियो । सोमबार भने फिल्मको व्यापार धेरै तल झरेको छ । सोमबार आइतबारको तुलनामा ५० प्रतिशत व्यापार झरेको छ । फिल्म ३.०५ करोड मात्र कमाई गरेको थियो ।
फिल्मको लाइफटाइम व्यापार ५० करोड पनि नपुग्ने देखिन्छ । सलमान खानले यो फिल्मको प्रचारका लागि हरेक उपाय अपनाएका थिए ।तर, उनलाई सुरज पंचोली र अथिया सेट्टीको मुख्य भूमिका रहेको फिल्मले खुशी दिने छनक देखिएको छैन ।

