Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

चलचित्रकर्मी कल्याणकोषमा झरना

फिल्मीखबर, काठमाडौं, 2015/09/15

आपत विपद्मा परेका फिल्मकर्मीलाई आर्थिक सहयोग उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको ‘चलचित्रकर्मी कल्याणकोष’को संयोजकमा झरना थापा चुनिएकी छिन् । नेपाल चलचित्र बिकास बोर्डको सोमबार बसेको बैठकले झरनालाई केही समयदेखि रिक्त उक्त पदमा मनोनयन गरिएको जनाएको छ । बोर्डले सोमबार नै गरेको निर्णय अनुसार अभिनेत्री बसुन्धरा भुसाललाई कोष संरक्षक चुनेको छ ।


 नेपाली चलचित्र क्षेत्रमा योगदान पु¥याउने चलचित्रकर्मीहरूकोे सामाजिक सुरक्षाको प्रत्याभूति तथा निम्न आय भएका र औषधी उपचारमा ठूलो रकम खर्च गर्न असमर्थ फिल्मकर्मीलाई कुनै किसिमको आर्थिक सहयोग गर्ने निकाय नभएको अवस्थामा फिल्मकर्मीलाई थोरै भएपनि राहत पु¥याउने उद्देश्यले चलचित्र विकास बोर्डको स्थापनासँगै ‘चलचित्रकर्मी कल्याणकोष’को स्थापना भएको हो ।     

 

 बोर्डले नेपाल सरकारको सहयोग तथा विभिन्न फिल्म सम्बन्धी संघ संस्थाको सहयोग लिई  कोषमा प्राप्त भएको रकमलाई अक्षयकोषमा राखी प्राप्त व्याजबाट फिल्मकर्मीलाई आर्थिक सहयोग गर्दै आएको छ । कोषले आर्थिक स्थिति कमजोर,अशक्त र असहाय  छ जनालाई मासिकरूपमा ५ हजार  अशक्तवृत्ति उपलब्ध गराउँदै आएको छ । साथै दुर्घटनामा परी घाइते भएका, दीर्घ रोगबाट ग्रसित तथा उपचार गर्न असमर्थ फिल्मकर्मीलाई समेत औषधोपचार खर्च उपलब्ध गराउँदै आएको बोर्डले जनाएको छ ।

Most Visited News (monthly)