फिल्म 'पार्सल'को फस्ट लुक सार्वजनिक भएको छ । प्रदर्शन मिति तय नहुदै फिल्मको फस्ट लुक बाहिर ल्याइएको हो । विदेशबाट घर फर्कने लाहुरेको पार्सल साटिएपछि हुने विभिन्न गतिविधीलाई फिल्मले देखाएको छ । फिल्मलाई रविन श्रेष्ठले निर्देशन गरेका हुन् ।
किशोर सम्बाहाम्फेको प्रस्तुती तथा दक्षकुमार राइको निर्माणमा तयार भएको फिल्ममा किशोर खतिवडा, नीता ढुंगाना, श्रृजना लिम्बु, प्रेम सुब्बा, विक्रम सिंहको मुख्य भूमिका छ । यही फिल्मबाट प्रभु श्रेष्ठ एक्सन अभिनेताको रुपमा उदाउने यसको निर्माण यूनिटको विश्वास छ । फिल्ममा विकास चौधरीको संगीत, यूवराज राइको छायांकन, सानु कुमार महर्जनको द्धन्द्ध छ । फिल्मको फस्ट लुकमा किशोर र नीतालाई प्राथमिकतामा राखिएको छ ।

