Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बिकास बोर्ड अध्यक्षले हात हालेपछि वाग्लेले दिए राजिनामा

फिल्मीखबर, काठमाडौं, 2015/09/15
आइतबार नेपाल चलचित्र विकास वोर्डमा अध्यक्ष राजकुमार राईले निर्माता माधव वाग्लेमाथि हातपात गरे । पदिय मर्यादाको ख्याल नगरी अध्यक्षले आफूमाथी हात हालेको भन्दै वाग्लेले चलचित्र निर्माता संघको सदस्य पदबाट रजिनामा दिएका छन् ।
 
 
चलचित्र निर्माता संघको अध्यक्ष समेत रहेका राईले नेपाली फिल्मप्रति समर्पित सच्चा फिल्म मेकरलाई बिकास बोर्ड जस्तो गरिमामय संस्थाको सर्वोच्च पदमा बसेको व्यक्तिले कार्यकक्षमा बोलाएर झूठो लाञ्छना लगाउँदै हातपात गरेपछि त्यस्ता व्यक्तिसँग बसेर काम गर्न नसकिने भन्दै राजिनामा दिएको वाग्लेले पत्रकार भेटघाट कार्यक्रममा बताए ।  
 
सोमबार पत्रकार सम्मेलन गर्दै वाग्लेले आफ्नो राजिनामा निर्माता संघका महासचिव तथा हाल संघको कार्यबाहक अध्यक्षको जिम्मेवारी पाएका केशब भट्टराईलाई सुम्पिए । 
 
 
वोर्ड अध्यक्ष राईले वाग्ललेसँग विवाद भएको र धकेलाधकेल समेत भएको स्वीकार गरिसकेका छन् । तर, सामान्य विवादलाई चर्को बनाएर आफूमाथी राजनीति भएको राईले बताए । वाग्लले आफ्नै कार्यकक्षमा हिन्दी फिल्मको दलाली गरेको आरोप लगाएकाले सामान्य धकेलाधकेल भएको राईको भनाई छ । वाग्लेको क्रुर बोलाईले यस्तो हुन गएको उनले बताए । 
 
 
अध्यक्ष राईले आफूले गरेको गल्तीको माफी समेत मागिसकेको बताएका छन् । यता वाग्लेले राईले सार्वजनिक रूपमा माफि माग्नुपर्ने अडान लिएका छन् ।