बालाजुस्थित माछापोखरीबाट शुरु गरिएको 'वडा नम्बर ६'को स्ट्रिट कन्सर्टले निरन्तरता पाईरहेको छ । फिल्म प्रदर्शनको संघारमा निकै आक्रमक प्रचार गर्ने क्रममा 'वडा नम्बर ६' युनिटले आईतबार राजधानीका चक्रपथ, चावहिल र कोटेश्वरमा वृहत कार्यक्रम गर्यो ।
.jpg)

यसैपनि हाँस्यकलाकारहरु त्यसमाथी अब फिल्मको हिरो, दर्शकमाझ क्रेज हुने नै भयो । तस्विर र भिडियोमा देखिएको यो भिडले कलाकारको क्रेज र फिल्म प्रतिको चासोलाई त प्रस्ट्याउँछ नै फिल्म हेर्न दर्शक आतुर रहेको पनि देखाउँछ ।
आईतबारदेखि निकै ब्यापक रुपमा सडकमा उत्रिएको यो टोलीले रिलिजको पूर्व सन्ध्यासम्म यो प्रचारशैलीलाई निरन्तरता दिने भएको छ । काठमाण्डौं, ललितपुर र भक्तपुरका विभिन्न चोकहरुमा मनोरञ्जनात्मक कार्यक्रमहरु लिएर युनिट सडकमा उत्रने बताईएको छ ।
यसअघि यही युनिटले निर्माण गरेको फिल्म 'छ एकान छ'को प्रचार प्रसार यसरी नै दर्शकलाई प्रत्यक्ष सहभागी गराएर गरिएको थियो । जसको प्रत्यक्ष असार रिलिजमा देखियो । यसपटक प्रचारको काईदालाई अझ प्रोमोशन गरिएको छ । त्यसैले, यो जमात सडकमा मात्र हैन हलमा पनि देखिन सक्ने हाम्रो अनुमान हो ।
असोज १ गतेदेखि सार्वजनिक प्रर्दशनमा आउन लागेको यस फिल्मलाई उज्जवल घिमिरेले निर्देशन गरेका हुन् कलाकारको रूपमा दीपकराज गिरी, सिताराम कट्टेल 'धुर्मुस', जितु नेपाल, केदार घिमिरे 'माग्ने बुढो', प्रियंका कार्कीले मुख्य भूमिका निर्वाह गरेका छन् ।

