Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बच्चा जन्माउन सैफ करिनालाई छैन हतार

एजेन्सी, मुम्बई, 2015/09/14

सेलिब्रेटीको जिवन पनि अचम्मको छ । बिहे नगरुन्जेल कहिले गर्नुहुन्छ भन्ने प्रश्न, गरेपछि बच्चा कहिले जन्माउनु हुन्छ भन्ने प्रश्न । बलिउडका चर्चित जोडी सैफ अली खान र करिना कपुरलाई पनि अहिले यस्तै भएको छ ।


एक कार्यक्रममा बोल्दै सैफले पिता बन्ने कुरालाई नकारेका छन् । उनले आफूहरुलाई अहिले नै सन्तान जन्माउने हतारो नभएको खुलाए । उनले जतिबेला पत्नी करिना कपुर तयार हुन्छिन्, तब सोच्ने बताए ।


एक साक्षात्कार कार्यक्रममा अभिनेत्री करिना कपुरले पनि आफू आमा बन्न चाहेको तर अझै ३ बर्ष नसोचेको बताएका थिइन् । सैफका यसअघि नै २ सन्तान भैसकेका छन् । पहिली पत्नी अमृताबाट सैफले २ सन्तान जन्माइसकेका थिए । सैफले करिनाको प्रशंसा गर्दै उनले छोटो बजेटका राम्रा भूमिका भएका फिल्म र ब्लक बस्टर फिल्मलाई सन्तुलन मिलाउन जानेको बताए । सन् २०१२ मा सैफ र करिनाले बिहे गरेका थिए ।

Most Visited News (monthly)